बेल्कोटगढी ४ को आयोजना स्थलमा हुनु पर्ने सुचनापाटी बट्टारमा सौचालय कुर्दै
बेल्कोटगढी नगरपालीका वडा नं ४ को आयोजना सम्बन्धी सार्वजनीक सुचना पाटी बिदुर नगरपालीका वडा नं ४ बट्टारको राम मन्दिर गल्ली ओरालो नजिकै एक सौचालयको छेउमा राखिएको छ ।
४ नम्बर वडा कार्यलयबाट बानिया गाउ देखी चामुडे ग्रामीण मोटर बाटो उपभोक्ता समितीको सुचनापाटी आयोजना स्थलमा नभई बट्टारको एक सौचालय छेउमा फालीएको छ ।
झट्हेर्दा सामान्य तर ५३ लाख बराबरको आयोजनाको सुचना पाटी सुचना स्थलमा नहुदा कसरी सुशासनको अनुभूती गर्ने ।
काम ९७ प्रतिशत सकिएको उपभोक्ता समितीका अध्यक्ष रामकृष्ण सुवेदी बताउछन् । जालपा न्युजसंगको कुराकानीमा उनले सुचना पाटी आयोजना स्थलमा टासेको बताए । तर सुचनापाटी बट्टारको एक गल्लीमा सौचालय कुरेर बसिराको छ ।
नगरपालीकाले उक्त आयोजनामा ५० लाख खर्च गरेको छ । ५ प्रतिशत जनश्रमदानबाट निर्माण हुदै गरेको सो सडकको सुचना पाटी कस्ले ल्याएर छाड्यो घर पेटीलाई थाहै छैन । “निकै दिन भयो लिन आका छैनन् ”उनले भने ।
चालु आर्थिक बर्षको मंसिर २८ गतेबाट काम सुरु भई फागुन ९ गते सम्पन्न हुने गरि सम्झौता गरिएको आयोजनाको सुचना पाटी बट्टार मै फालिनुले आयोजना तथा बेलकोटगढी नगरपालीका कति जिम्मेवार छ भन्ने स्पस्ट देखिएको छ ।
सडक चौडा ,ग्याभिन वाल तथा हिम पाइपको काम गर्ने सो आयोजनालाई पालीकाले ५३ लाख २४ हजार ,७ सय ५४ रुपैया २८ पैसा बराबरको सम्झौता गरेको थियो ।
जनतालाई आयोजनाको बारेमा जानकारी गराउने सो सुचना पाटीको खोजिनगरिनुमा बेल्कोटगढी नगरपालीकामा सुशासन र पारदर्शिता कति हुन्छ भन्ने सिधै आकलन गर्न सकिन्छ । नगरपालीकाको तर्फबाट उक्त आयोेजनाको लागी रोशन कुमार बिष्ट र लुम्वडि नेपालले प्राबिधिकको रुपमा काम गरेको सुचना पाटीमा उल्लेख छ ।
पालीकाहरुमा उप प्रमुखहरु आयोजनाको अनुगमन प्रमुख रहने ब्यबस्था छ । उपप्रमुख सगै प्रमुख प्रशासकिय अधिकृत ,वडा अध्यक्ष , आयोजनामा खटिने प्राबिधिक पनि अनुगमनमा समावेश हुन्छन् । तर कसले सार्ववजनीक सुचना पाटीको खोजि गरेनन् ।
प्रतिक्रिया दिनुहोस्