५ बैशाख २०८३, शनिबार
Logo

अत्यावश्यक बाहेकका सेवा बन्द भए पनि सरकारी कार्यालय खुल्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा आज साझ सम्बोधन गर्दै अत्यावश्यक सेवाबाहेक अन्य सेवा दुई साताका लागि बन्द गर्ने बताउनु भएको छ । तर सरकारी कर्मचारी भने नियमित आफ्नो कार्यालयमा जानुपर्ने सरकारले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्ने बताउनुभएको छ ।
कुन कुन कार्यालयबाट सेवा प्रदान गर्ने बिषयमा भने उच्चस्तरीय समन्वय समितिको तय गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्