१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोट प्रहरी आफ्नै कार्यलयमा मास्क उत्पादन गर्दै

जिल्ला प्रहरी कार्यालय नुवाकोटले मास्क उत्पादन सुरु गरेको छ ।
बिश्व माहामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट प्रहरी कर्मचारीलाई जोगाउन कार्यालयभित्र मास्क उत्पादन सुरु गरिएको नुवाकोट प्रहरीले जनाएको छ ।


अहिले नुवाकोटका बजार तथा अन्य बजारमा मास्कको अभाव छ ।


अभाबको अबस्थालाई ध्यानमा राख्दै मास्क उत्पादन सुरु गरेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनु भयो । जनताको सेवामा खटिएका सुरक्षाकर्मीहरुको स्वास्व अबस्था राम्रो भएका मात्र देशमा शान्ती सुरक्षाको प्रत्याभुती हुने उहाले बताउनु भयो ।
कोरोनाबाट जोगिन प्रहरी कार्यालय नुवाकोटले जिल्लाको प्रत्येक प्रहरी कार्यालयको गेट अगाडी हात धुने व्यवस्था पनि गरिसकेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्