१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वर गाउपालीकामा माक्स र स्यानिटाइजर बितरण गर्छाै – अध्यक्ष वस्ती

बिश्वमा माहामारीको रुपमा फैलदै गरेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा बिभिन्न सामाजिक संस्था, युवा क्लब ,समुह, स्वास्थ्य संस्था तथा सरकार लागी परेको छ ।

विश्वभर भयानक रूपमा फैलिदै आएको कोरोना भाइरस कोभिड (१९ बारे सर्तकता अपनाउका लागि तारकेश्वर गाउपालीकाले प्रशंसा योग्य कामको थालनी गरेको छ ।


संक्रमणबाट जोगिन तारकेश्वर गाउपालीकाका अध्यक्ष रमेश वस्तीले अब पालीका भित्रका सबै सर्बसाधारणलाई माक्स तथा स्यानिटाइजर बितरण गर्ने बताउनु भएको छ । आज विपत् व्यवस्थापनको बैठक बसी सो निर्णय गरीएको पालीकाले जनाएको छ ।


बिपत ब्यास्थापनको बैठकमा गाउपालीकाको कार्यलयले स्वास्थ्य चौकि र विद्यालयहरूलाइ आबश्यक मास्क, स्यानिटइजार, एप्रोन, साबुन ,टावेलको व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै सो बैठकले कोरोना संबन्धि जनचेतना मुलक सन्देश प्रवाह गर्ने तथा सार्वजनीक स्थानहरुमा कोरोना भाइरसका लक्ष्यण तथा बच्ने उपायका बारेमा जनचेताना जगाउने कार्यक्रम तय गरेको छ ।

Shivapuri rural municipality awareness message jalapanews


उच्च जरो, सुख्खा खोकी र जिउ दुखेमा स्वास्थ्य चौकीहरुमा सम्पर्क गर्न पालीकाले
सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्