१२ श्रावण २०८१, शनिबार
Logo

कोरोना भाइरसबाट मृत्यु हुनेकाे संख्या ८ हजार

कोरोना भाइरस अर्थत् कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या झण्डै ८ हजार पुगेको छ । कोरोना सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ हजार ९८७ पुगेको छ ।

अहिलेसम्म एक लाख ९८ हजार भन्दा बढीमा कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमण देखिएका १ लाख ९८ हजार ४२२ मध्ये ८२ हजार ७६२ उपचारपछि घर फर्किएका छन् भने उपचार गराइरहेका ६ हजार ४१५ जनाको अवस्था गम्भीर छ ।

वर्ल्डो मिटरर्स डट इन्फो
कारोना भाइरसबाट सबैभन्दा बढी मर्ने र संक्रमित हुने देशमा चीन पहिलो नम्बरमा आउछ । अहिलेसम्म चीनमा ३ हजार २३७ जनाको मृत्यु भएको छ भने ८० हजार ८९४ जनामा संक्रमण देखा परेको छ । ८० हजार ८९४ मध्ये ६९ हजार ६१४ जना भने पूर्ण रूपमा निको भइसेका छन् ।

कोरोनाको सङ्क्रमणबाट चीनपछि सबैभन्दा धेरै इटालीमा मृत्यु भएको छ । हालसम्म इटालीमा २ हजार ५०३ जनाको ज्यान गइसकेको छ । पछिल्लो समय इटालीमा कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेको पाइन्छ । २४ घण्टामा मात्रै ३४५ जनाको मृत्यु भएको छ भने थप ३ हजार ५ सय २६ मा संक्रमण देखिएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

कोरोना भाइरसको बढी मृत्यु र संक्रमण भएको देशको तेस्रो नम्बरमा इरान र चौथो नम्बरमा स्पेन पर्छ । अहिलेसम्म इरानमा ९८८ मृत्यु भएको छ भने १६ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै स्पेनमा अहिलेसम्म ५३३ को मृत्यु भएको भने ११ हजार ८ सयभन्दा बढी संक्रमित भएका छन् ।

२४ घण्टामा ८२६ जनाको मृत्यु

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६५ देशमा फैलिएको छ । उद्गम स्थल चीनमा नियन्त्रण हुँदै गइरहेको बेला चीनबाहिर भने तीव्र रुपमा फैलिरहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ८२६ जनाको मृत्यु भएको छ भने १५ हजार ९३२ जनामा नयाँ संक्रमण भएको छ ।

वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी मृत्यु र संक्रमण इटालीमा भएको छ । २४ घण्टामा इटालीमा ३४५ जनामो मृत्यु भएको छ भने १ हजार १७८ मा संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु र संक्रमण हुने देशको दोस्रो नम्बर स्पेन र तेस्रो नम्बरमा इरान परेको छ । स्पेनमा १९१ जनाको मृत्यु भएको छ भने १ हजार ८८४ जनामा संक्रमण भएको छ । इरानमा १४५ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ७८ जनमा संक्रमण भएको छ ।

२४ घण्टामा चीनमा ११, जर्मनीमा ९, फ्रान्समा, २७ दक्षिण कोरियामा, ९ अमेरिकामा २९, स्विजरल्याण्डमा ८, बेलायतमा १६, नेदरल्यण्डमा १९ र क्यानडा ४ जनाको मृत्यु भएको छ ।

त्यस्तै मलेसिया, इजिप्ट, थाइल्यण्ड, इण्डोनेसिय, सन मारिनोमा २र२ जनाको मृत्यु भएको छ भने अष्ट्रेलियामा, स्वडेन, जापान, ग्रिक, ब्राजिल, पोल्यण्ड, इराक, भारत, लेवनान, टर्की, अल्जेरिया, मोरोक्को र युक्रेनमा १र१ जनाको मृत्यु भएको वर्ल्डो मिटरर्स डट इन्फोले जनाएको छ ।

चीनको हुवानबाट फैलिएको कोरोना भाइरस अर्थत् कोभिड(१९ अहिले विश्वको १६५ देशमा फैलिएको छ

प्रतिक्रिया दिनुहोस्