१६ आश्विन २०८०, मंगलबार
Logo
final gp koirala advert

वडा अध्यक्षका प्रत्यासी देखी ब्याबसायी सम्म नेकपामा प्रबेश

बिदुर नगरपालीकामा नेपाली कांगे्रसपाटीको जिम्मेवारी बहन गरिरहेको कार्यकर्ता तथा ब्यावसायीहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

शनिबार नेकपाको जिल्ला पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नवप्रवेशीहरुलाई पुर्व प्रधानमन्त्री झलनाथ खनालले टिका र माला लगाएर पार्टिमा प्रबेश गराउनु भएके हो ।
नेकपा प्रवेश गर्नेहरुमा व्यवसायी दयाराम अधिकारी, काङ्ग्रेसका बिदुर नगरपालिका वडा नंवर २ का नवराज महन्त गिरी र राप्रपाबाट वडाध्यक्षका प्रत्यासी अनुपसिंह खड्का रहेको नेकपा नुवाकोटले जनाएको छ ।
पार्टी प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष हिरानाथ खतिवडा, सचिव नारायण प्रसाद खतिवडा काठमाण्डौ महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्य , नेकपा नेता बिन्दा ढुंगाना, बिदुर नगरपालीकाका प्रमुख सन्जु पण्डित, उपप्रमुख गिता दाहाल लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्