१२ श्रावण २०८१, शनिबार
Logo

नेकपा फुट्दैन, निती बिधान र मापदण्ड अनुसार अगाडी बढ्छ- पुर्व प्रधानमन्त्री खनाल

नुवाकोटको भैरवी मन्दिर परिसरमा तेश्रो कुमारी पुजा २०७६ सम्पन्न भएको छ ।
कुमारी पूजामा पुर्व प्रधानमन्त्री झलनाथ खनाल पनि सहभागी हुनु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा पुर्व प्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले सुसंस्कारको जर्गेना गर्नु पर्ने बताउनु भएको छ । उहाले पहिचान गराउने सँस्कारको बिकाश संरक्षण तथा कुप्रथाको परिबर्तन गर्नु पर्ने बताउनु भयो ।
पृथ्वी नारायण शाहको एकीकरणका कारण नेपाल र नेपाली भएर यहाको कला धर्म संस्कृती भाषमा गर्व गर्न पाएको बताउदै यी राष्ट्रीय धरोहरको सबै मिलेर संरक्षण गर्नु पर्ने बताउनु भयो ।
उहाले नेपालको संबिधानले समेत सँस्कार संकृतिको संरक्षण गरेको बताउदै नेपालको संबिधान बिश्वको उत्कृष्ठ संबिधान रहेको बताउनु भयो । पूर्व प्रधानमन्त्री खनालले नेपालको संबिधान प्रगतीशिल, देशभक्त, लोकतान्त्रीक, र समाजवाद उन्मुख रहेको समेत दावी गर्नु भयो । नेता खनालले लिम्पीयाधुरा कालापानी लिपुलेक नेपालकै भएकाले ती भुभाग नेपालकै बनाउने धारण राख्नु भयो । ।
उहाले एक फरक प्रशंगमा जनआन्दोलन २०६२ को जनक्रान्तीले नेपालमा नया स्वरुको बिकाश ल्याएको समेत बताउनु भयो । जसकारण देशमा आर्थिक सामाजिक सांस्कृतीक परिवर्तन भएको समेत जनाउनु भयो । नेकपा र गाउ शहरको जन लहरले देशमा आमुल परिवर्त भएको जीकीर गर्दै नेता नेपालले नेकपामा मात्र नेपालको नेत्रृत्व गर्ने क्षमता रहेको समेत दावी गर्नु भयो । उहाले पाटी एक ढिक्का भएर बिकाशको काममा लाग्ने बताउदै अन्य राजनितीक दलले पाटी फुट्छ भन्ने सोच्नु उनिहरुको सोचाइमा तुसारापात हनुे ठोकुवा गर्नु भयो । उहाले नेकपा नफुट्ने झन बिधि निती तथा मापदण्डका आधारमा अगाडी बढ्ने बिश्वास ब्याक्त गर्नु भयो ।
कार्यक्रममा सम्बोधन गर्ने क्रममा संघिय सांसद नारायण प्रसाद खतिवडाले नुवाकोटका पर्यटकीय तथा धार्मी क्षेत्रको अबलोकन तथा भ्रमण गर्न काठमाडौका जनप्रतिनीधी तथा कुमारी पुजामा उपथीती सबै सरोकारवाला पक्षहरुलाई आग्रह गर्नु भयो ।


त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा बागमती प्रदेश सांसद हिरानाथ खतिवडा तथा सांसद केशव राज पाण्डेले धर्म र सस्कृतीलाई संरक्षण तथा प्रवद्र्धमा आफु लागी पर्ने बताउनु भयो ।
काडमाडौ माहानगरपालीकाका प्रमुख बिद्या सुन्दर शाक्यले नेपाल सरकारले बिकाश निर्माणको काम सँगै पर्यटकीय ,धार्मीक संपदाको क्षेत्रमा निकै बिकाश गरेको बताउनु भयो ।
प्रमुख शाक्यले कुमारी पुजाको प्रसंग जोड्दै कुमारीलाई सहजहुने बातावण सृजना गर्न समेत स्थानीय सराकार संग माग गर्नु भयो । प्रमुख शाक्यले काठमाडौ माहानगरपालीकाले जिवीत देवीको रुपमा रहेका कुमारीहरुको लागी मासिक भत्ताको ब्याबस्था गरेको बताउदै अन्य बालिकाको जस्तै उनीहरुको दैनिकी पनि सहज बनाउन सहयोग गर्नु पर्ने बताउनु भयो ।
प्रमुख शाक्यल नुवाकोट पर्यटकको लागी बिशेष रहेको बताउदै पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्न समेत आग्रह गर्न भयो ।
कार्यक्रममा बिदुर नगरपालीकाका प्रमुख संजु पडित ,राजु नापित बिरेन्द्र शाही लगाएतले मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्