११ माघ २०८१, शुक्रबार
Logo

सामुदायिक बिद्यालयको सवलीकरणमा प्रदेश सरकारले काम सुरु गरिसक्यो – मुख्य मन्त्री पौडेल

बुधबार त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयको ६९ औ वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा कार्यक्रमका प्रमुख अतिथी तथा बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले शिक्षकले बढाउने भन्दा सिकाउने काम गर्नु पर्ने बताउन ुभएको छ । प्राबिधिक शिक्षाबाट हासिल गरेको ज्ञान सिप र शिक्षाले नै देशमा संबृद्धि ल्याउन सकिने उहाले बताउनु भएके छ । उहाले सामुदायिक बिद्यालयको सवलीकरणमा प्रदेश सरकारले काम सुरु गरि सकेको बताउनु भयो । उहाले अबको शिक्षामा ८० प्रतिशत भन्दा बढी प्राबिधिकधारमा पठनपाठन हुनु पेर्न बताउनु भयो ।


प्रदेश सरकारले सामुदायीक बिद्यालयमा स्टाफ नर्स राखेकै कारण भेरै जसो बिद्यालयमा जंग फुटको प्रगोग अन्त्य , सरसफाइमा सुधार तथा महिनावारीका समयमा छात्राहरुले सहजता महशुस गरेको बिश्वाश ब्यक्त गर्नु भएको छ ।
उहाले फरक प्रसंगमा प्रदेशको राजधानीको बिषयमा सबैलाई भ्रममा नपर्न समेत आग्रह गर्नु भएके छ । उहाले १ दुइ जना बाहेक अन्य प्रदेश सदस्यहरुले प्रदेश राजधानिको बिषयमा असहमती नजनाएको स्पट पार्नु भयो ।
त्यस्तै कार्यक्रमा सम्बोधन गर्ने क्रमा प्रदेश सांसद बद्रि मैनालीले बिकाशको मुख्य पाटो शिक्षा नै रहेकाले शिक्षामा सबैले जोड दिनु पर्ने धारण राख्नु भयो ।

प्रदेश सांसद केशवराज पाण्डेले बिषयगत ल्यावमा अनुदान दिनेगरी योजना तर्जुमा गर्नुपर्नेमा जोड दिनुभएको छ ।


कार्यक्रममा सांसद बहादुर सिंह लामा ,जिल्ला समन्वयन प्रमुख सन्तमान तामाङ।बिदुर नगरपालीकका प्रमुख सन्जु पंडित ,जिल्ला समन्वयन समितीका उप प्रमुख गिता कुमारी दाहाल, बिदुर नगरपालीका वडा नं १ का वडा अध्यक्षा लेलिन रंजित, नेकपा नेता बिन्दा ढुंगाना , नेपाली कांग्रेका नेत्री बिन्दा अर्याल, सहकारी संघ नुवाकोटका राजेश श्रेष्ठ , लगाएतले आफ्नो आफ्नो धारणा राख्ुन भएके थियो । कार्यक्रममा २० बर्ष देखी निरन्तरण शिक्षण पेशामा लागीरहनु भएके त्रिभुवन माध्यामिक बिखलयका शिक्षकहरुको सम्मान गरिएको छ भने २०५७ का एस एल सी ब्याचका बिद्यार्थीहरुले बिद्यालयका कर्मचारी बुद्धि बहादुर तामाङ,प्रेम बहादुर भुजेल र मैगल श्रेष्ठलाई नगद ११हजार एक सय ११ ले सम्मान गरेका छन् । कर्मचारीहरु त्यस बिद्यालयमा २०४३ साल देखी काम गर्दै आइरहेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews


कार्यक्रममा राष्ट्रीय कलाकार भोज राज काफ्ले ,सरु गौतम, कर्णराज गिरी तथा गणेश केसी लगाएत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती गरेका थिए ।
कार्यक्रमा अतिक्तक्रियाकलापमा उत्कष्ठ तथा कक्षा प्रथम द्धितियलाई पुरस्कार समेत बितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्