१२ श्रावण २०८१, शनिबार
Logo

कलंकीमा मालवाहक ट्रकले एक दर्जन सवारीलाई ठक्कर दियो, १ को मृत्यु

कलंकीमा एक मालवाहक ट्रक अनियन्त्रित भएर १० वटा सवारी साधनलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १० जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

दुर्घटनापछि उद्धार गर्दै ट्राफिक प्रहरी । तस्बिर सौजन्यः पुरुषोत्तम कार्की ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका इन्सपेक्टर पुरुषोत्तम कार्कीका अनुसार थानकोटबाट कलंकी आउँदै गरेको ना ६ ख २८७१ नम्बरको मालबाहक ट्रकको ब्रेक फेल भएर बा ४४ प १८१० को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीय शमशेर गुरुङको मृत्यु भएको हो। चितवनको रत्‍ननगर नगरपालिका-१ घर भएका गुरुङको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको इन्सपेक्टर कार्कीले इकान्तिपुरलाई बताए।

सोमबार राति ६ बजेर ४० मिनेटमा उक्त दुर्घटना भएको थियो। दुर्घटनाबाट २ वटा स्कुटर, ट्रक, बस, सरकारी गाडी, ट्याक्सी, मिनी ट्रक र स्कारपियो गरी १० वटा सवारीमा क्षति पुगेको छ।प्रहरीले ट्रक चालक सर्लाही घर भएका वीरेन्द्रकुमार साहलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार थानकोटबाट कलंकी आउँदै गरेको उक्त ट्रकले सुरुमा यातायात व्यवस्था विभागको गाडीको टायरलाई छोएर उत्तरतर्फबाट आउँदै गरेको ट्याक्सीलाई ठक्कर दिएको थियो। त्यसपछि दक्षिणबाट बाटो पार गर्दै गरेका स्कारपियो,मिनी ट्रक र स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार प्रहरीले सुरुमादुर्घटनापछि घाइते भएकाहरुकोउद्धार तथा बाटो सुचारु गर्नका लागि आफ्‍नो टोली परिचालन गरेको थियो। ‘अहिले सबै घाइतेलाई उद्धार गरी अस्पताल लगिएको छ।बाटो सुचारु छ। के कारणले दुर्घटना भएको हो यसको अनुसन्धान गर्दैछौँ,’ उनले भने

Shivapuri rural municipality awareness message jalapanews

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्