१२ श्रावण २०८१, शनिबार
Logo

५ दिने नुवाकोट,रसुवा अध्ययन अवलोकन भ्रमण आइतबारबाट सुरु

रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा नेपाल भ्रमण बर्ष २०२० तथा आन्तरीक पर्यटनलाई प्रवद्र्धन गर्ने उदेश्यले ५ दिने अध्ययन अवलोकन भ्रमण आइतबारबाट सुरु भएको छ ।
नुवाकोटको बिदुरबाट सुरु भएको ५ दिन भ्रमण बिदुरमा समिक्षा गरि समापन हुने तय भएको छ


आइतबार पत्रकार पर्यटन ब्याबसायी तथा सरोकारवालाहरुको सहभागीता रहेको टोलीले नुवाकोटको साततले दरवार, भैरवी मन्दिर, परिसरबाट यात्रा सुरु गरेको हो
भ्रमण टोलीका करिब ५५ जनाको टोलीले नुवाकोटको साततले दरवार , भैरवी मन्दिर, नुवाकोटको नया ब्याबसायको रुपमा रहेको जिपलाईन तथा सुर्यगढी गाउँपालीकाको ऐतिहासिक गढी सुर्यगढी ,चमेरे गुफा लगाएतको अवललोकन गरेको छ ।
फिकुरी ट्रेल नुवाकोटको सूर्यगढीबाट सुरु भई भाल्चे, किस्पाङ, फिकुरी, रसुवाकोट हुदै ठूलोगाउं, घलेगढीमा पुगेर सम्पन्न हुने छ ।
नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा सूर्यगढी, किस्पाङ, उतरगया, कालिका गाउंपालिकाको समन्वय तथा टान र एनएमएको सहयोगमा कार्यक्रम आयोजना भएको हो ।
रसुवा नुवाकोट पर्यटन समाजका महासचिव शिव अधिकारीका अनुसार नेपाल भ्रमण बर्ष सफल बनाउन तथा आन्तरीक पर्यटन प्रवद्र्धन गर्न यो भ्रमण महत्वपूर्ण साबित हुने बताए । । उनले पर्यटन व्यवसायी, पत्रकारहरुको सहभागितामा हुने भ्रमणले पर्यटकका लागि नयां गन्तव्य थप्ने समेत बताए ।
पदयात्रा फागुन ११ गते सुरु भई १५ गते समापन गरिने भएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्