७८ बर्षीय आमाद्धारा वडा कार्यालय भवन निर्माणको लागि १६ लाख बराबरको जग्गा दान

तार्केश्वर गाउ पालिका वडा नम्बर १ निबासी ७८ बर्षीय नेमाजोम तामाङ्गले तार्केश्वर वडा नं १ को वडा कार्यालय भवन निर्माणको लागि १ रोपनी जग्गा दान गर्नु भएको छ ।
नेमाजोम तामाङ्गले आफनो श्रीमान्को सम्झनामा जग्गादान गर्नु भएको हो ।
तामाङ्गले तार्केश्वार गाउपालिका १ दशैँ डांडामा रहेको प्रति आना १ लाख पर्ने करिब १६ लाख बराबरको जग्गा वडा कार्यालय निर्माणको लागी दान दिनु भएको हो ।

उहाले आफ्ना छोराहरु फुलबहादुर तामाङ्ग, बीरबहादुर तामाङ्ग र राम बहादुर तामाङ्गको सहमतीमा जग्गा हस्तान्तरण गरिएको उहाका नाती बिजय तामाङ्गले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्