उदय जीएमको अध्यक्षमा प्रगतिशील पत्रकार संघको नयाँ कार्यसमिति
राष्ट्रिय जनमोर्चा निकट पत्रकारहरुको संगठन प्रगतिशील पत्रकार संघ, नेपालले बैशाखमा राष्ट्रिय सम्मेलन गर्ने गरी उदय जीएमको नेतृत्वमा आयोजक समिति गठन गरेको छ।
उपाध्यक्ष महेश रिजालको अध्यक्षतामा रुपन्देहीको बुटवलमा शनिबार सम्पन्न बैठकले वैशाखमा तेस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै सम्मेलन आयोजक समिति गठन गरेको हो।
बैठकले श्यामलाल पोखरेल सचिव र बिनोद पौडेल कोषाध्यक्ष रहेको आयोजक समिति बनाएको हो ।
दाङबाट पत्रकारिता गरेका जीएम हाल काठमाडौंबाट सञ्चालित दैनिक अनलाइनको प्रधानसम्पादक छन् ।
नयाँ युगबोध दैनिक, अन्नपूर्णपोष्ट, सगरमाथा टिभी, इ–हुलाकी अनलाइनलगायतका सञ्चारमाध्याममा काम गरेको अनुभव उनीसँग छ ।
प्रगतिशील पत्रकार संघको महासचिवका रुपमा दुई कार्यकाल काम गरेका जिएम हाल नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव पनि हुन्।
१९ सदस्यीय आयोजक समितिको सदस्यहरुमा महेश रिजाल, तिलक गाउँले, माधव भाट, प्रज्वल पहाडी, लक्ष्मी चौधरी, नारायण गिरि, विद्यानाथ अधिकारी र गोपाल बराइली रहेका छन् ।
त्यस्तै सदस्यहरुमै श्याम घिमिरे, प्रकाश थापा, तारानाथ शर्मा, राम सुवेदी, सुमन अधिकारी, भाषा शर्मा, शुक्र भण्डारी र जुमानसिंह केसी रहेका छन् ।
आउँदो चैत ६ गते काठमाडौंमा आयोजक समितिको बैठक बसी सम्मेलनको मिति र समय टुंगो लाग्ने अध्यक्ष जीएमले बताए ।
संघका अध्यक्ष नारायण शर्माले राजीनामा दिएपछि बैठकले नयाँ आयोजक समिति चयन गरेको हो । नागरिक खबरबाट
प्रतिक्रिया दिनुहोस्