१२ श्रावण २०८१, शनिबार
Logo

मैत्रीपूर्ण फुटवल प्रतियोगितामा नुवाकोट फुटवल टिम विजयी

सेना दिवसको अवसरमा नुवाकोटमा मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा कर्मचारी टिमलाई नुवाकोट फुटवल टिमले ३–१ को गोलअन्तरले पराजित गरेको छ ।

जवरजङ्ग गण नुवाकोटको आयोजनामा राष्ट्रसेवक कर्मचारी टिम र नुवाकोट जिल्ला फुटवल टिमबीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता शुक्रबार भएको हो । मैत्रीपूर्ण फुटवल प्रतियोगितामा नुवाकोट फुटवल टिम विजयी भएको छ । नुवाकोट फुटवल टिम विजयी बनाउन सन्तोष थापा, राजकुमार कुमाल र आकाश रानामगरले १÷१ गोल गरेका थिए । राष्ट्रसेवक कर्मचारीको तर्फबाट युवराज खड्काले एक गोल गरेका हुन् ।

प्रतियोगितामा खेलाडीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङ, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की, जवरजङ्ग गणका गणपति उदय वहादुर लामिछाने,एक नम्बर तालिम केन्द्रका गणपति खेम शर्मा लगायतले मेडल,शिल्ड र प्रमाणपत्र वितरण गरेका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्