२ कार्तिक २०८३, आईतवार
Logo

भुपु सैनिक संघ नुवाकोटद्धारा जेष्ठ नागरिकहरुलाई फलफुल वितरण

सेना दिवसको अवसर पारेर भुतपुर्व सैनिक संघ नुवाकोटले देविघाटमा रहेको जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका वृद्धवृद्धाहरुलाई फलफुल वितरण गरेको छ ।
भुतपुर्व सैनिक संघ नुवाकोटले शुक्रवार विहान देविघाटमा रहेको प्रतिष्ठानमा पुगेर सो संस्थामा रहेका ३० वृद्धवृद्धाहरुलाई फलफुल वितरण गरेको भुतपुर्व सैनिक संघ नुवाकोटका अध्यक्ष गगनसिंह गुरुङले जानकारी दिए । नेपाली सेनाको मुल मन्त्रलाई आत्मसाथ गरेर आफुहरुले वृद्धवृद्धालाई फलफुल वितरण गरेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले नुवाकोटमा भुतपूर्व सैनिक संघको कार्यसमिति भरर्खरै मात्र जिल्लामा स्थापना भएको भन्दै आगामी दिनमा प्रतिष्ठानमा आएर अझै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै संघका सचिव राजकुमार आचार्यले जीउँदो इतिहास बनेका वृद्धवृद्धाहरुलाई सेना दिवसको अवसरमा सम्मान गर्नु आफुहरुको सौभाग्य भएको भन्दै संघको तर्फबाट आगामी दिनहरुमा विविध कार्यक्रम ल्याएर प्रतिष्ठानमा रहेका वृद्धवृद्धाहरुको लागि काम गर्ने बताए ।
त्यस्तै विभिन्न संघसंस्था र व्यक्तिको सहयोगले प्रतिष्ठानमा रहेका वृद्धवृद्धाहरुको दैनिक गुजारा चलाउन सहज भएको जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका कार्यालय सचिव रामप्रसाद दाहालले बताउनुभयो । बिदुरखबर

प्रतिक्रिया दिनुहोस्