१२ श्रावण २०८१, शनिबार
Logo

मुख्यमन्त्री पौडेलले गरे गुर्जेभञ्ज्याङ-दुप्चेश्वर जोड्ने सडकको शिलान्यास


पूर्वी नुवाकोटको गुर्जेभञ्ज्याङ,मानेभञ्ज्याङ हुँदै दुप्चेश्वर जोड्ने सडकको शिलान्यास बिहीबार बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले गर्नु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा पमुख अतिथी तथा बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले प्रदेश सरकार गठन भए पछि उल्लेख्य काम गरेको दावी गरेका छन्। उहाले २ बर्षको बिचमा प्रदेश सरकाले जती काम हुनु पर्ने हो त्यो भन्दा बढी काम भएको बताउनु भएको छ । । उहाले अबका बिकाश मागको आधारमा नभई आबश्यकताको आधारमा गर्न सके दिगो बिकाश र सम्उन्नत समाजको निमार्ण हुने समेत प्रस्ट पार्नु भयो । नुवाकोटमा ४ अर्ब बराबरको रकम प्रदेश सरकारले बिनियोजन गरिसकेको बताउदै उहाले बिनियोजित आयोजनाहरुमा गुणात्मक काम गर्न समेत आग्रह गर्नु भयो । उहाले सिमीत श्रोतको परिचालन गरि अधिकतम काम गर्नु पर्ने धारणा समेत ब्यफ गर्नु भयो । मुख्य मन्त्री पौडेलले सम्बृद्ध बन्नको लागी कृषी उत्पादनमा ब्यापक गरि कृषी उद्योग र पर्यटनको बिकाशमा लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा संघिय सांसद हितबहादुर तामाङले सडक निर्माणको समयमा सबै पक्षले अनुगमन र मुल्याङ्कन गर्नु पर्ने धारण राख्नु भएको छ । उहाले फरक प्रशंगमा कर्मचारीको बदमासी र कमजोरी पनले बिकाश निर्माणका काम सम्पन्न गर्न कठिनाई भएको बताउनु भयो । उहाले प्रदेशले कर्मचारी अभाव समस्याको समाधान गर्न नसक्दा योजनाका काम अगाडी बढ्न नसकेको बताउदै त्यस्ता समस्या समाधान गर्न आबश्यक परे संघ पनि लागी पर्ने बताउनु भयो ।

कार्यक्रममा संघिय सांसद नारायण प्रसाद खतिवडाले एउटै पाखो एका पटी राजधानी अर्कापटी अभावको खानी भन्दै नुवाकोटमा सबै क्षेत्रको आशादित बिकाश हुन नसकेको गुनाशो गर्नुभएको छ । संभावना हुदाहुदै पनि नुवाकोटमा भौगोलिक कारण बिकाशले गती लिन नसकेको उहाको धाराणा छ । उहाले बिनियोजित बजेट समयमा लगानी गर्न नसक्नु बिकाशको मुख्य चुनौती रहेको बतउनु भयो ।

त्यस्तै शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा बागमती प्रदेशका उप सभामुख राधिका तामाङले बिकाश निमार्णमा प्राबिधिक कारणले ढिलाई हुने गरेको बताउदै समयमा काम सम्पन्न गर्न कठिनाइ भैरहेको बताउनु भयो । उहाले काममा खटिने प्राबिधिकहरुलाई समयमा गुणात्मक काम गरि आफ्नो जिम्मेवारी पुरा गर्न समेत आग्रह गर्नु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

कार्यक्रममा बागमती प्रदेशका शांसद बद्रि मैनालीले सामान्य जिवन यापन गर्न बैदेशिक रोजगारीमा गएका युवाको जमात रोक्न स्थानिय स्तरमा सडक सगै कृषी पर्यटन र उद्योगको बिकाश गरि रोजगारी सिर्जना हुन आबश्यक रहेको बताउनु भयो ।
सांसद मैनालीले काठमाडौ हुदै पुर्वी नुवाकोटको छहरे जोड्ने सडकको लागी बजेट अभाव रहको भन्दै नपुग बजेटको ब्याबस्थापन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो ।


कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा पुर्व सांसद राजेन्द्र प्रकाश लोहनीले बिनियोजित बजेटले काम नभएकाले पछ्यौटेपनको अनुभुती भएको बताउनु भयो । पुर्व सांसद लोहनीले अहिले सम्म बिकाश जती सबै असारे भएकाले यो बिषय सरकारको लागी चुनौती बनेको समेत उल्लेख गर्नु भयो ।


पंचकन्या गाउपालीकाका अध्यक्ष तेज बहादुर तामाङ रमेशले पंचकन्या गाउपालीका भित्रका आबश्यक सडकहरुको अबस्थाको जानकारी गराउदै स्तर उन्नतीको लागी प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष तामाङले पालीकाको योजना तथा शुझाव पत्र मुख्य मन्त्रीलाई हस्तान्तरण गर्नु भएको थियो ।


कार्यक्रममा शिवपुरी गाउपालीकाका अध्यक्ष राकृष्ण थापाले पंचबर्षिय आवधिक योजना मुख्य मन्त्रीलाई हस्तान्तरण गर्दै पालीका अघोषित रुपमा नै बन्द जस्तै भएको बताउनु भयो । पालीकामा कर्मचारी अभाबले बिकाशे काम मात्र नभई पंजिकरणको काम समेत प्रभाबित भएको बताउनु भयो ।


मन्तब्य राख्दै नेकपा नेता पदम उपे्रतीले आर्थिक सम्बृद्धिको लागी जडिबुटी उत्पादनमा जोड दिई पाखो जमिनको सदुपयोग गरि जडिबुटी जोनको घोषणा गर्नु पर्ने बताउनु भयो ।
तोकिएकै समयमा सबै काम ठेकेदार कंपनी ओम बुद्ध इन्टरनेशनल र पि एस जे भि ले गुर्जे भन्ज्याङ माने भन्ज्याङ दुप्चेस्वर सडक आयोजनाको काममा ३२ करोड ४३ लाख ४२ हजार ६ सय ५८ रुपैया बरारको ८ .६ किलोमिटर सडक २ बर्ष भित्र कालोपत्रे गर्ने छ । सडक कालोपत्रे भए पछि पुर्वी नुवाकोटका शिवपुरी गाउपालीका पंचकन्या गाउपालीका ,तादी गाउपालीका लाभान्वीत हुने पुर्वाधार बिकाश समिती नुवाकोटले जनाएको छ ।


स्थानियहरुले भने आफुले उत्पादन गरेको सामानले बाटो कालोपत्रे भए पछि उचित बजार पाउने आशामा खुशी ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्