१२ श्रावण २०८१, शनिबार
Logo

प्रधानमन्त्री ओली उपचारका लागि अस्पतालमा

काठमाण्डाै – प्रधानमन्त्री केपी ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानु भएको छ ।  

प्रधानमन्त्री ओली महाराजगञ्जमा रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य परीक्षणका लागि जानु भएको हाे ।उहाँ परीक्षण पछि आजै निवास फर्किने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले उज्यालोलाई जानकारी दिनुभयो ।

‘मिर्गौलामा खराबी आएपछि प्रधानमन्त्री ओलीले नियमित डायलासिस गराउँदै आउनु भएको छ । अरु खराबी भएर होइन नियमित परीक्षणका लागि अस्पताल जानु भएको हो । उहाँ आजै फर्किनु हुन्छ’, थापाले भन्नुभयो ।  

प्रधानमन्त्री ओलीको गएको कात्तिक १३ गते पहिलो पटक डायलासिस गरिएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्