अध्यक्ष वस्ती भने जनताको काममा लागीरहेको फोटो सामाजिक संजालमा

नुवाकोटका १० पालीकाका जनप्रतीनिधी भारतमा हरिद्धार दर्शन गरि सनिबार फर्किएका छन् ।
तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्ति बाहेक ९ वटा गाउँपालिकका अध्यक्षहरू, १० वटा गाउँपालिकाका उपाध्यक्ष, दुई वटै नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू छ दिने भ्रमण सकेर शनिवार भारतबाट काठमाडौं उत्रिएका छन् ।

सबै पालीकाका अध्यक्ष उपाध्यक्ष बिवादित संस्थाको निम्तो मान्न भारत तिर गएकै बेला तारकेश्व गाउपालीकाका अध्यक्ष रमेश वस्ती भने जनताको काममा लागीरहेको फोटो सामाजिक संजालमा पालीका बासिहरुले पोष्ट गरेका छन् ।

तारकेश्वर गाउँपालिकाका अध्यक्ष वस्तीले विवादित र काम चोर संस्थाको निम्तो मान्न आफु जान नचाहेको बताउनु भएको थियो ।
जननिर्वा्चित प्रतिनिधिहरूमा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, उपप्रमुख गीताकुमारी दाहाल, बेलकोटगढीका प्रमुख राजेन्द्ररमण खनाल, उप प्रमुख कविता ढुङ्गाना, ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सिता लामा खतिवडा, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्य, तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे, उपाध्यक्ष ईश्वरी उप्रेती, सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले तामाङ, उपाध्यक्ष मञ्जु बुढाथोकी, लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ, उपाध्यक्ष रोजिना राई, म्यागाङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ, उपाध्यक्ष शान्ति लामा गुरुङ्ग, किस्पाङ्ग गाउँपालिकाका अध्यक्ष छत्र लामा, उपाध्यक्ष मायादेवी घले न्यौपाने र तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमाल छन् ।
प्रतिक्रिया दिनुहोस्