१२ श्रावण २०८१, शनिबार
Logo

‘सातौँ धादिङ महोत्सव २०७६’ शुक्रबार बाट सुरु

धादिङ उद्योग वाणिज्य संघको आयोजनामा सातौं धादिङ महोत्सव शुक्रबारबाट सुरुभएको छ ।

महोत्सबको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम पुर्व प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चिनबाट रसुवा नुवाकोट काठमाडौ धादिङ, पोखरा हुँदै लुम्बिनी सम्म रेल पुराउने आफ्नो सपना रहेको बताउनु भयो । उहाले धादिङ र गोरखामा बन्न लागेको बुढीगण्डकी जलविद्युत परियोजनाको काम द्रुत गतिमा अगाडी बढ्ने समेत स्प्रष्ट पार्नु भयो ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ फागुन २ गते देखि १३ गते सम्म नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा ‘सातौँ धादिङ महोत्सव २०७६’ शुक्रबार बाट सुरु भएको छ ।

धादिङ जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन, कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा सांस्कृतिक जागरण र पर्यटन प्रर्बद्धनमा टेवा पु¥याउदै विभिन्न जान जाति, वर्ग र समुदायबीच सद्भाव एवं भातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले जिल्लाको समुन्नतिमा सङ्गठित रुपले प्रयन्तशील रहने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीले बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने लक्ष्य राखिएको छ । महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहने छन् । १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा कला प्रदर्शन, स्थानीय तहमा उत्पादन हुने बस्तु तथा सेवाको प्रद्धर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्