१२ श्रावण २०८१, शनिबार
Logo

अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको उद्घघाटन खेलमा गुडवील एकेडेमी पिपलटार बिजयी

देवीघाट बाल क्लव, देवीघाटको आयोजना तथा नुवाकोट क्रिकेट संघको सह आयोजनामा आयोजित जिल्ला व्यापी अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको उद्घघाटन खेल सहिद जगत प्रकाशजंग सँस्कृत मा.वि. र गुडवील एकेडेमी वीच भएकोमा गुडवील एकेडेमी, पिपलटार बिजयी भएको छ ।
टस जितेर ब्याटिङ गर्न आएको सँस्कृत मा.वि. ले जम्मा १० ओभर खेली ५१ रनको झिनो योगफल तयार ग¥यो । ब्याटिङ तर्फ सँस्कृत माविका तर्फवाट श्रीतेश राईले १२ बलमा १८ रनको योगदान दिए । कम योगफलमा समेट्न गुडवील एकेडेमीका तर्फवाट अमिक कुमालले ४ ओभरमा ५ विकेट लिए ।
५१ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको गुडवील एकेडेमीले २ विकेटको नोक्सानीमा ७ ओभरमै विजयी लक्ष्य हाँसिल ग¥यो । गुडवील एकेडेमीका तर्फवाट अमिक कुमालले २८ बलमा ३३ रन बनाई म्यान अफ द म्याच घोषित भए ।
उद्घाटन कार्यक्रमको सभापतित्व देवीघाट वाल क्लवका संयोजक दिनेश चित्रकारले गरेका थिए । कार्यक्रममा नेपाल क्रिकेट संघका बागमती प्रदेश सदस्य तथा नुवाकोट क्रिकेट संघका सदस्य प्रज्वल सापकोटा, नुवाकोट क्रिकेट संघका उपाध्यक्ष विनोद श्रेष्ठ तथा कोषाध्यक्ष विराट मान सिंह डंगोलले विशेष अतिथीको आसन ग्रहण गर्नु भयो ।
भोलि को खेल अर्किड एकेडेमी र गुडवील एकेडेमी वीच विहान ७ः३० बजे नुवाकोट आदर्श बहुमुखी क्याम्प्सको खेल मैदानमा हुने छ । प्रतियोगितामा सहिद जगत प्रकाशजंग सँस्कृत मावि, गुडवील एकेडेमी र अर्किड एकेडेमी गरी ३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल फागुन ५ गते हुने संयोजक दिनेश चित्रकारले बताउनु भयो

प्रतिक्रिया दिनुहोस्