२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

स्व.नेता पोष्ट बहादुर बोगटीको शालिक २७ गते प्रचण्ड द्धारा अनावरण हुदै

स्व.नेता पोष्ट बहादुर बोगटीको शालिक २७ गते प्रचण्ड द्धारा अनावरण गरिने भएको छ ।


नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (क. प्रचण्ड)ले तथा नेपाल सरकारका उर्जा तथा सिचाई मन्त्री बर्ष मान पुन द्धारा सो शालिक अनावरण गर्न लागिएको हो । दिबंगत नेता पोष्ट बहादुर बोगटी –क दिवाकरको शालिक अनावरण र चण्डेश्वरी उच्च मा.बि.को बार्षीक उत्सव कार्यक्रम माघ २७ गते हुने भए पछि दुबै कार्यक्रम एकै दिन हुने भएको हो ।


१५ लाख लागतमा निर्मीत शालिक सगै चौतारा पनि निर्माण गरिएको छ । बिभिन्न संघ संस्था, बिदुर नगरपालीका, वडा कार्यलय , स्थानिय युवा क्लबहरु लगाएतको आर्थिक सहयोगमा २ महिनामा नै सो शालिक निर्माण भएको निर्माण कमिटीक अध्यक्ष कल्पना रिमालले जानकारी दिनु भयो ।
उच्च छवि,सरल ब्यक्तीत्व, दुरदर्शी बिचार, कुशल राजनितीज्ञ, समाज सेवी स्वर्गिय नेता पोष्ट बहादुर बोगटीको शालिक स्थापना गरिएको चोकलाई “पोष्ट बहादुर चोक” नामा करण गरिने यस अघि नै आयोजकले जनाएको थियो । सो कुरा चण्डेश्वरी माबिले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्