सँस्कृत भाषाको बिकाशको लागी देवीघाटमा सामुहिक ब्रतबन्ध

श्रीपंचमी तथा बसन्त पंचमीको अबसरमा हरेक बर्ष गरिने सामुहीक ब्रतबन्ध यस बर्ष पनि सम्पन्न भएको छ ।
बिदुर नगरपालीका वडा नं ५ मा रहेको शहित जगत प्रकाश जंग शाह संस्कृत माबिको आयोजनामा सामुहिक ब्रतबन्ध सम्पन्न भएको छ ।

धार्मिक महत्वका दृष्टीकोणले निकै पबित्र क्षेत्र तथा खर्च कम हुने हुदा सामुहिक ब्रतबन्धमा कम आयस्तर भएकाहरुको बढी सहभागीका हुने गरेको छ । यो परम्पराले धार्मीक कर्मको नाममा हुने गरेको खर्चमा कमी हुने हुदा आफ्ना बटुकहरुको ब्रतबन्ध देबीघाटमा गरेको अभिभाबकहरुको भनाई रहेको छ ।

यसले धामीर्क आस्था तथा सामुहिक भावनाको बिकाश साथै संस्कृत बिद्यालयलाई सहयोग , भेदभावको अन्त्य हुने हुदा बर्षेनी ब्रतबन्ध गराउनेहरुको शंख्यामा बृद्धीहुदै गएको शहित जगत प्रकाश जंग शाह संस्कृत माबिका ब्याबस्थापन समितीका अध्यक्ष मान बहादुर श्रेष्ठले बताउनु भयो । बिहिबार सम्पन्न ब्रतबन्धमा बाहुन क्षेत्री , मगर ,कुमाल,नेवार , राई, माझी, तामाङ, लगाएतका जातको ब्रतबन्ध गराइएको अध्यक्ष श्रेष्ठको भनाई रहको छ । अध्यक्ष श्रेष्ठका अनुसार २०५५ सालमा संस्कृत बिद्यालयको स्वीकृत भए पछि २०५७ साल देखी सामुहिक ब्रतबन्ध सुरुवात गरिएको बताउनु भयो । निलकण्ठधाममा गरिने सामुहिक ब्रतबन्धले संस्कृत भाषाको बिकाश,संस्कार र संकृती को बिकाश गर्ने उद्धेश्यका साथ यो परम्पराको सुरुवात गरिएको बताउनु भयो

ब्रतबन्धमा १०८ जना बटुकहरुको सहभागिता रहेको बिद्यालयका प्रधानाध्यापक मंजु चित्रकारले जानकारि दिनु भयो । चित्रकारका अनुसार शहित जगत प्रकाश जंग शाह संस्कृत माबिमा संस्कृत अध्ययन गरि रहेका २५ जना बिद्यार्थीहरुले सामुहिक ब्रतबन्ध गराएका हुन् । प्रधानाध्यापक चित्रकारले एक जना बटुक बराबर ४ हजार रुपैया शुल्क उठाइएको र सो शुल्क संस्कृत बिद्यालयका शिक्षक तथा बिद्याँर्थिहरुको लागी खर्च गरिने बताउनु भयो । १०७ जना संग ४ हजार र एक जना अपांग बटुकबाट २ हजार संकलन गरिएको रकम मध्येबाटै बटुकहरुको लागी धोती टोपी गंजी ,जग्गेको सामान तथा खानाको ब्याबस्था गरेको बतउनु भयो । बिहीबर सम्पन्न भएको सामुहिक ब्रतन्धमा नुवाकोट ,रसुवा , धादिङ, खोटाङ, काठमाडौ ,सिंधुपाल्चोक ,गोरखा लगाएतका जिल्लाहबाट अभिभावकहरु आफ्ना बटुक लिएर सामुहिक ब्रतबन्ध गराउन नुवाकोट आएका थिए । १०८ जना बटुक मध्ये १ जना अशक्त रहेको आयोजकले जनाएको छ ।

यो बर्ष बटुकहरबाट उठेको ४ लाख ३६ हजार रकम ब्रतबन्ध खर्चा कटाएर बिद्यालयको लागी खर्च गरीने आयोजकले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्