बुधबार देखि चाइना पास लिएका रसुवाका नागरिक पनि केरुङ जान नपाउने
१५ दिनका लागि रसुवागढी नाका बन्द गरिने भएको छ ।
नेपाली तथा चिनियाँ अधिकारीहरूबीच भएको सहमती अनुसार बुधबारदेखि नाका बन्द गर्ने निर्णय गरेको हो ।
बुधबार देखि चाइना पास लिएका रसुवाका नागरिक पनि केरुङ जान नपाउने भएक छन् ।
बैठकले बन्द गर्न लागीनुका २ वटा कारण देखाएको छ । कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँ परेको र ढुंगाहरू खसेर हुने संभाबित दुर्घटना रोकथामका लागी नाका बन्द गर्न लागीएको हो ।
बैठकमा नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारीहश्रको सहभागीता रहेको थियो
प्रतिक्रिया दिनुहोस्