१३ मंसिर २०८०, बुधबार
Logo
final gp koirala advert

पर्यटन बर्ष मनाउन गोसाईकुण्ड हिडेका दुई व्यक्ति मृत अवस्थामा फेला

सरकार भिजिट नेपाल २०२० मा आन्तरिक तथा बाह्य पर्यटक बढी भन्दा बढी भित्र्याउने तयारीमा छ । तर भ्रमण बर्षको पहिलो महिनामा नै पर्यटकको मृत्युको खबरले कतै पर्यटक आगमनमा कमी हुने त हैन भन्ने आसंका बढेको छ ।
पर्यटन बर्ष मनाउन गोसाईकुण्ड हिडेका दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेहरुमा सिन्धुपाल्चोक हेलम्वु गाउँपालिका वडा नम्बर १ का १७ वर्षका वाङगेल शेर्पा र काठमाडौं गोकर्णेश्वर नगरपालिका ७ का १९ वर्षका जापान तामाङ रहेका छन् ।
बाटोमा हिड्दा हिडदै चिप्लिएर खोचमा पुगेका उनीहरु माथि आउँन नसकेपछि हिउँले पुरिएको अनुमान गरिएको छ ।
गत पुस २८ गते गोसाईकुण्ड हिडेका उनिहरू ३ गते नुवाकोटको ध्याङफेदिस्थित एक होटलमा बास बसेको बसेका थिए ।
उच्च हिपपात भएपछि गोसाईकुण्ड जान नसकि उनिहरु काठमाडौं फर्कने क्रममा बिचैमा हिउँमा फसेर हराएका थिए । उनिहरूको १० दिन पछि मृत अवस्थामा शव फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्