२४ भाद्र २०८१, सोमबार
Logo

गल्छि त्रिशुली सडक मुआब्जाका लागीे पोखरेलको ध्यानाकर्षण

राष्ट्रिय गौरबको आयोजनाको रुपमा निर्माण हुँदै आएको गल्छि त्रिशुली सडक खण्ड अन्तरगतको पिपलटार देखी ढुंगे सम्मको मुआब्जा पाउनु पर्ने भन्दै नुवाकोटका सरोकारवालाहरुले उपप्रधान एवं रक्षामन्त्रिलाई ज्ञापनपत्र बुझाएका छन् ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारायण प्रसाद खतिवडा, प्रदेश सभा सदस्य हिरानाथ खतिवडा, बद्रि मैनाली ,केशब पाण्डे, बिदुर नगरपालिकाका प्रमुख सन्जु पंडित ,उपप्रमुख गिताकुमारी दाहाल, सहितको टोलिले रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए ।
गौरबको आयोजना गल्छि त्रिशुली सडक विदुर नगरपालिकाको वडा नम्बर ५ पिपलटार देखि वडा नम्बर १ ढुङगेसम्मका आयोजना प्रभावितहरुलाई मुआब्जा दिन नमिल्ने आयोजनाले बताएको छ । बालाजु देखि ढुङ्गेसम्म सहायक राजमार्ग घोषणा भएको भन्दै अहिले गल्छी त्रिशुली सडकमा परेकोले त्यस क्षेत्रमा मुआब्जा दिन नमिल्ने आयोजनाले बताउदै आएको छ ।
आयोजनले विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५÷१५ मिटर तोकिएका कारण मुआब्जा नदिने बताएपछि पिपलटार देखि ढुङ्गेसम्मका स्थानियहरु आक्रोशित भएका छन ।

ज्ञापनपत्र बुझ्दै रक्षामन्त्री पोखरेलले मुआब्जाको बिषयमा उच्चस्तरिय छलफल गर्नेबताएका छन् ।
मुआब्जाको विबादको विषयलाई मन्त्री परिषद्को बैठकमा लैजाने उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आश्वासन दिएका छन

प्रतिक्रिया दिनुहोस्