प्रदेश २ मा दलिततर्फ राधेश्याम पासवान विजयी

धनुषा -राष्ट्रियसभाको चुनावमा प्रदेश २ मा दलिततर्फ नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार राधेश्याम पासवान विजयी हुनुभएको छ ।
राष्ट्रिय जनता पार्टी र नेकपाको साझा उम्मेदवार रहेका पासवानले विपक्षी समाजवादी पार्टीका उम्मेदवार रामप्रित पासवानलाई पराजित गर्नुभएको हो । राधेश्यामले ५ हजार २ सय ९२ मतभार ल्याउँदा रामप्रितले ४ हजार ७ सय ४ मतभार पाउनुभयाे ।
यसअघि महिलातर्फ नेकपाकै उम्मेदवार तुलसा दाहाल ५२०८ मतभार ल्याउँदै विजयी भइसक्नुभएको छ । उहाँले कांग्रेस उम्मेदवार नगिना यादवलाई पराजित गर्नुभएको हो ।
चुनावमा नेकपासँग राजपा र कांग्रेससँग समाजवादीले छुट्टाछुट्टै गठबन्धन गरी प्रतिष्पर्धामा उत्रिएका थिए ।
प्रतिक्रिया दिनुहोस्