१२ श्रावण २०८१, शनिबार
Logo

(नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूको रसुवा जिल्ला संयोजकमा अर्जुन पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले जिल्ला संयोजक र सह संयोजकको बाँडफाँड टुङ्गो लगाएको छ । दुई साता अघि अनेरास्ववियूले केन्द्रिय कमिटीको एकता प्रक्रिया टुिङ्गएको थियो ।

देशकै सबैभन्दा ठुलो विद्यार्थी संगठन अनेरास्ववियू बाट रसुवा जिल्ला संयोजकमा पूर्व अनेरास्ववियू क्रान्तिकारी बाट अर्जुन पौडेल र सह संयोजकमा पूर्व एमाले निकट अनेरास्ववियुबाट सनथ देबकोटा चयन भएका छन् ।

रसुवाबाट अनेरास्ववियू केन्द्रिय कमिटीमा ३ जना चयन भएका थिए । जसमा अनेरास्ववियू क्रान्तिकारी बाट दिपक देबकोटा, कृष्ण न्यौपाने र अनेरास्ववियु बाट सुरेश अधिकारी चयन भएका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्