११ कार्तिक २०७८, बिहीबार
Logo
Hotel Yangra Nuwakot Trishuli

झिल्डुङ क्रस कन्ट्री दौड आगामी माघ २५ गते हुने

चौथो संस्करणको झिल्डुङ क्रस कन्ट्री दौड आगामी माघ २५ गते बाट हुने भएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्वर ५ को आयोजना र लियो क्लब नुवाकोट को सह आयोजनामा हुने एक दिने प्रतियोगिता क्रस कन्ट्री दौड १३.४ किमीको हुने आयोजकले बताएको छ । तीन संकरण सफलतापूर्वक आयोजना गरिसकेको आयोजकले यस पटक १६ वर्षमुनिका छात्रछात्रा र स्थानीय आमा समूहको समेत दौडमा सहभागिता रहने छ ।
गाउँगाउँमा खेलप्रति मोह बढाउन, स्थानिय स्तरको पहिचान दिन र स्वास्थ्यमा समेत सहयोग गर्ने उदेश्यले काठमाडौं नजिकै क्रस कन्ट्री आयोजना गर्न लागेको आयोजकको भनाइ छ ।

१३.४ किलोमिटरको दौड बेलकोटगढी वडा नम्बर ५ कोल्पुटारबाट सुरु भई बेलिनी, छाप, राजखोडार, खड्गाछाप, सालचौर हुँदै कोल्पुटारमै पुगेर सकिनेछ ।
यस्तै छात्रछात्राको ४.५ किमीको दौड रन फर रेस हुनेछ ।
१३.४ किमीतर्फ महिला र पुरुषको विजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले १० र तेस्रोहुनेले ५ हजार रुपैयाँ पाउनेछन् । यस दौडमा कीर्तिमान तोड्नेले थप ५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

pratik books stationery
trishuli web design in nuwakot

यसैगरी छात्र र छात्रातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशस् ५ हजार, ३ हजार र २ हजार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्