२३ मंसिर २०७९, शुक्रबार
Logo
final gp koirala advert

गोरुको मासुसहित एक जना प्रहरी नियन्त्रणमा

गोरुको मासुसहित नुवाकोट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काटेको गोरुको मासुसहित बेलकोटगढी नगरपालिका वडा नम्बर ६ तल्लो अर्चलेबाट २० वर्षिय बुद्दिमान तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गोरुको मासुसहित प्रहरी चौकी झिल्टुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

पक्राउ परेका तामाङलाई पशुपक्षी सम्बन्धि कसूर अन्तर्गत मुद्दा दर्ता गरि जिल्ला अदालत नुवाकोटबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अबिनारायण काफ्लेले जानकारी दिनु भयो ।
तामाङले मंगलबार विहान आफ्नै घरमा पालेको गोरुलाई कुटपिट गरि मारेको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्