२९ आश्विन २०७८, शुक्रबार
Logo
Hotel Yangra Nuwakot Trishuli

अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघको अध्यक्षमा – राजन रिमाल

अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघको पहिलो जिल्ला भेला सम्पन्न भएको छ ।

भेलामा अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघका केन्दीय कमिटीका उपाध्यक्ष मिलन मल्लले होटलका मजदुरहरुको अबस्था तथा उहाहरुको भुमिकाको बारेमा बताउनु भएको थियो । अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघका केन्दीय कमिटीका सचिवालय सदस्य राजेन्द्र न्यौपाने ले होटल मजदुर को विगत वर्तमानको बारेमा आफ्नो मन्तव्य राख्नु भएको थियो । केन्दीय कमिटीका उपमहासचिव रामेश्वर अधिकारीले सामाजिक सुरक्षा मजदुर को अधिकारको विषयमा जानकारी दिनु भयो ।

pratik books stationery
trishuli web design in nuwakot


पहिलो भेलाले १५ सदस्यीय कमिटी गठन गरेको छ । जसको अध्यक्षमा राजन रिमाल , उपाध्यक्षमा प्रकाश श्रेष्ठ , सचिवमा रामशरण अधिकारी, कोषाध्यक्षमा सजना अधिकारी , सदस्यहरुका बिशाल अर्याल, कृष्ण अधिकारी ,राजकुमार उप्रेती, दिपक रिमाल, मनोज के सी , दिपक गजुरेल, तोयानाथ सापकोटा, समन तामाङ चयन हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्