१२ श्रावण २०८१, शनिबार
Logo

माघ १ गते जाने होइन त तारुका गोरु जुधाइमा

माघेसंक्रान्तिको अवसरमा नुवाकोटको तारकेश्वरमा २१ हल गोरु जुधाइने भएको छ ।

नेपाली एतिहाससंग जोडिएको तारकेश्वरमा यो बर्ष मनि भब्यताको साथ मेला सम्पन्न गरिने आयोजकले जनाएको छ ।
तारुकाको गारु जधाइको इतिहास हर्ने हो भने मल्लकालिन राजा जयपृथ्वीबहादुर सिंहको पालादेखी लिन सकिन्छ ।
आईतबार बिदुरमा भएको पत्रकार सम्मेलनमा २१ हल गोरु जुधाइको तयारी भएको आयोजकले जानकारी दिएको छ । ।


आन्तरिक तथा वाह्य पर्यटकको प्रबद्र्धन गर्ने उद्देश्यले १४ बर्ष देखि नुवाकोटको तारुकामा एकीकृत ढंगबाट मेला आयोजना हुँदै आएको छ । यस वर्षपनि माघे संक्रान्तिको अवसरमा नुवकोट तारुकामा २१ हल गोरु जुधाईने भएको छ ।
स्थानीय संस्कृतिलाई जीवित राख्दै राष्ट्रिय अन्तर्रा्ष्ट्रिय क्षेत्रमा समेत यी क्षेत्रहरुको प्रवद्र्धन गर्ने र नेपाल भ्रमण वर्ष २०२० पार्ने अभियानमा समेत गोरु जुधाइ मेलाले सहयोग पुर्याउने आयोजकले जनाएको छ । तारकेश्वर गाउँपालिका वडा ३ चन्दनीको कटरबोटे पाटोमा माघ १ गते हुने गोरु जुधाई मेलामा नेपाली कांग्रेसका महामन्त्री शसांक कोइराला प्रमुख अतिथी रहने कार्यक्रम तय भएको आयोजकको भनाई छ ।

नुवाकोटमा तारुकासँगै बेत्रावती, पञ्चकन्याको घलेभञ्ज्याङ, तादीको सातविसे, लिखुको कट्टीछाप लगायतको स्थानमा पनि गोरु जुधाई हुने तय भएो छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्