नुवाकोटमा ४२० जनाको आँखाको सफल सल्यक्रिया
आँखा परिक्षण पछि मोतीया बिन्दु भएकाहरुको शुक्रबार र सनिबार सल्यक्रिया गरिएको छ ।
नुवाकोटको बिभिन्न १४ स्थानमा भएको आँखा शिरिबाट छानिएका तथा मोतीयाबिन्दु भएका करिब ४२० जनाको आँखाको शल्याक्रिया गरिएको सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख शंकर अधिकारीले जालपा न्युजलाई जानकारी दिनु भयो ।
सामुदायिक आँखा केन्द्र विदुर नुवाकोट, नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा र तिलगंगा आँखा प्रतिष्ठान, गौशाला–काठमाडौंसँगको सहकार्यमा नुवाकोटको बिभिन्न १४ स्थानमा आँखा शिबिर सञ्चालन पश्चात मोतीया बिन्दु भएकाहरुको लागी पौष २५ र २६ गते नुवाकोट आदर्श बहुमुखी क्याम्पसको भबनमा सल्यक्रिया गरिएको हो ।
समुन्द्रटार स्वास्थ्यचौकी ,महादेवफाँट, बुङताङ, लच्याङ, सामरी, ढिकुरे, काहुले, खरानीटार, गाउँखर्क, बेतिनी, राउतवेशी ,घ्याङफेदी, शिखरवेशी, बालकुमारी लगाएतका स्थानबाट मोतीया बिन्दु भएकाहरुको अपे्रसन गरिएको सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख शंकर अधिकारीले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्