१२ श्रावण २०८१, शनिबार
Logo

निर्माण ब्याबसायी संघ नुवाकोटको १३ औ साधारण सभा सम्पन्न

निर्माण ब्याबसायी संघ नुवाकोटको १३ औ साधारण सभा सुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमलाई संबोधन गर्ने क्रममा निर्माण ब्याबसायी माहासघंका केन्द्रिय अध्यक्ष रबि सिंहले देश भरि अलपत्र परेका सम्पुर्ण निर्माण सम्पन्न गर्ने जिम्मेवारी अब निर्माण ब्याबसायीको काधमा रहेको बताउनु भएको छ । सबै योजनाहरु निर्माण ब्याबसायीहरुको कमजोरीको कारणले मात्र नभई राज्यको निती निर्माणले समेत असर पुगेर समय सिमामा काम सम्पन्न हुन नसकेको बताउनु भयो । उहाले म्याद थपिएका आयोजनाहरुको प्राबिधिक त्रुटी र भुक्तनीको क्षेत्रमा सरकारले हेरिदिनु भर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जिल्ला समन्वयन प्रमुख सन्तमान तामाङले निर्माण ब्याबसायीको काम सम्मातिन हुदाहुदै पनि अपहेलनाको दृष्टीकोणले हेरिनुमा निर्माण ब्याबसायी नै दोषी रहेके बताउनु भयो ।
उहाले भौतीक निर्माणको आधार नै नेपाल निर्माणको पहिलो आधार रहेको बताउनु भयो । भौतिक संरचना निर्माणबाटै देश बन्ने हुदा ब्याबसाथीको निकै महत्व पुर्ण हात रहने तामाङको भनाइ छ । उहाले ब्याबसायीहरुलाई निर्माण दिगो , परिणाम मुखी , गुणस्तरीय तथा समयमा नै सम्पन्न गर्न आग्रह गर्न भएको छ ।

त्यस्तै कार्यक्रलाई सम्बोधन गर्ने क्रममा बिदुर नगरपालीकाका प्रमुख सन्जु पंडितले कतीपय प्राबिधिक तथा निर्माण ब्याबसायी कै काममा क्वालिटी हुन नसकेको बताउनु भयो । उहाले अबका दिनमा नगर भित्रका आयोजनाहरुमा मिलेमतोको आधारमा खाने काम चलेमा र काममा कमजोरी भेटीएका नगरपालीकाले तेस्ता ब्याबसायीलाई नछाड्ने समेत चेतावली दिनु भयो ।
निर्माण ब्याबसायी संघ नुवाकोटका अध्यक्ष निर्माण ब्याबसायी सुमन अधिकारीको सभापत्वीमा सम्पन्न कार्यक्रममा रमेश कुमार बस्नेतले बाािषर््क प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्