१२ श्रावण २०८१, शनिबार
Logo

बिपन्न,जेहेन्दार बिद्यार्थीको लागी डाक्टर पढ्न ६ लाख,इन्जिनियर पढ्न ४ लाख अनुदान-उप प्रमुख दाहाल

कन्यादेवी आधारभुत विद्यालयको ४२ औ जन्म जयन्ती, नयाँ भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
बिदुर नगरपालीका वडा नम्बर १३ हर्कपुरमा रहेको कन्यादेवी आधारभुत विद्यालयको ४२ औ जन्म जय जयन्ती तथा नयाँ भवन उद्घाटन एवम ११ औ अभिभाबक भेला मंगलबार भब्य रुपमा सम्पन्न भएको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा बिदुर नगरपालीकाका उप प्रमुख गिताकुमारी दाहालले “ बिकाशको पहिलो खुड्किलो शिक्षा हो, हामी निर्वाचित भए पछि सुधारका काम गरेका छौ । , शिक्षकको समायोजन देखि स्वंयम सेवक शिक्षकको ब्यबस्थापन गरियो , बिद्यालय ब्यबस्थित गर्न बिद्यार्थी शिक्षक र अभिभावक निकै ठुलो भुमिका”हुन्छ भन्नु भयो ।
उप प्रमुख दाहालले निजी बिद्यालयको मोहको अन्य गरि सरकारी शिक्षक ले अनिबार्य रूपमा सामुदायिक बिद्यालयमा आफ्ना बालबालीका पढाउन अनुरोध गर्नु भएको छ । उहाले नगरपालिका भित्र रहेको सामुदायिक बिद्यालयबाट एसइइ पास गरेको तथा आर्थिक बिपन्न र जेहेन्दार बिद्यार्थीहरुको लागी बार्षिक २ जनालाई डाक्टर पढ्न ६ लाख र इन्जिनियङि पढ्न चाहनेलाई ४ लाख अनुदान दिइने निर्णय गरिएको समेत जनाउनु भयो ।
उहाले कार्यक्रलाई सम्बोधन गर्ने क्रममा अब “राजनितक आन्दोलन सकियो, आर्थिक अभियान सुरु गर्नु पर्यो , काम गर्दा पारदर्शी गरौ,हामी जनप्रतीनिधी साझा प्रतिनिधि हौ नगरपालीकाको फरक भूगोलमा फरक किसिमको बिकास गर्न सकिन्छ ” भन्नु भयो ।

        कार्यक्रममा नेकपा प्रदेश सदस्य सुभद्रा नेपालले सामुदायीक विद्यालयमा राज्यले अरबौ लगानी गरेको र अनुभवी एवम दक्ष जनशतिm भएको हुदा सबै अभिभाबकले सामुदायीक विद्यालयमै पढाउन आग्रह गर्नुभयो । 

कार्यक्रममा नेकपा नेता रामचन्द्र पौडेल, यमकुमार खाती, नानीकाजी खड्का, रामसरण ओझा, चन्द्र बहादुर खड्का, १३ नम्बर वडा सदस्य पुरुषोतम अधिकारी, नेका प्रतिनिधी हरेराम पौडेल, अजिङगरे माबिका प्रधानाध्यापक मुकुन्द नेपाल लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक रामचन्द्र भण्डारीले बार्षिक आयब्यय प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा भुतपुर्व प्रधानाध्यापक नवराज ओझा, भुतपुर्व अध्यक्ष हरु बिष्णु प्रसाद नेपाल, राम बहादुर ओझा र शिक्षक सुदर्शन रिमाल लाइ सम्मान समेत गरिएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्