२६ माघ २०८१, शनिबार
Logo

प्रयाससिल महिला साना किसान कृषि सहकारी संस्थाको तेश्रो बार्षिक सम्पन्न

प्रयाससिल महिला साना किसान कृषि सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बेल्कोटगढी २ कुमरी मा रहेको प्रयाससिल महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको हो । बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्र्ररमण खनालको प्रमुख आतिथ्यतामा भएको भेलाले पुन रुपा सापकोटा लाइ नै अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको हो । त्यस्तै उपाध्यक्षमा सुस्मिता भट्ट, सदस्यहरु सविता पुडासैनी,रिता सुवेदी,उर्मिला पुडासैनी, मिरा लामा, कल्पना श्रेष्ठ, शारदा पुडासैनी, गिता न्यौपाने रहनु भएको छ । नौ सय भन्दा धेरै महिला हरु सदस्य रहेको यस संस्था नुवाकोटकै नमुनाको रुपमा रहेको छ

प्रतिक्रिया दिनुहोस्