२४ माघ २०८१, बिहीबार
Logo

उपभोक्ता समिति गठनको विषयलाई लिएर भएको झडपमा ६ जना घाइते

नुवाकोटमा सडक निर्माण उपभोक्ता समिति गठनको विषयलाई लिएर भएको झडपमा ६ जना घाइते भएका छन् ।
लिखु गाउँपालिका वडा नम्बर ५ दोबाटेमा रहेको दोबाटे–आठविसे–डि बगैचा सडकको उपभोक्ता समिति गठनको विषयलाई लिएर झडप भएको हो ।
नेकपा नुवाकोटको अनुसार बिनोद पाठकको नेतृत्वमा आएको टोलीले गुन्डा गर्ती शैलीमा आफ्ना कार्यकर्ताहरु राम नारायण श्रेष्ठ, डोल बहादुर घले र सोनाम श्रेष्ठमाथी आक्रमण गरेको बताएका छन् । भने तरुण दल थानसिङ इकाइ अध्यक्ष २८ वर्षीय निर्भिक पाठक, जयराम राई र गोपाल राई घाइते भएकोे तरुण दल नुवाकोटले जनाएको छ ।

वडा नम्बर ५ को कार्यालयले उपभोक्ता समिति गठनका लागि बोलाएको भेलामा नेकपाका कार्यकर्ताले आफ्ना कार्य कर्तामाथि खुकुरी प्रहार गरेको काङ्ग्रेस वडा सभापती बिनोद पाठकले दाबी गरेका छन । भने आफ्ना कार्यकर्ता माथि सांघातिक हमला भएको भन्दै राष्ट्रिय युवा संघ नेपाल नुवाकोटले गम्भिर ध्यानाकर्सण भएको जनाएको छ । संघका जिल्ला कार्य समिति अध्यक्ष पशुपती थापाद्वारा हस्ताक्षरित बिज्ञप्ति मार्फत हमलामा पारि घाईते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै आक्रमणमा संलग्न उपर कानुनी कार्वाही अगाडी बढाउन जोडदार माग गरेको प्रेस बिज्ञप्ति उल्लेख गरिएको छ । युवा संघ का अनुसार कांगेश कार्यकर्ताले नेकपाको कार्यकर्ताले चढेको बा १५ च ४५६८ नम्बरको स्कारपियोको तोडफोड गरेको समेत बताएको छ ।
दुबै संगठनले शुक्रबार बिज्ञप्ती जारी गरेके छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्