२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

वडाका सबै आयोजना एकै दिन सम्झौता ,तारकेश्वर गाउपालीकाको कार्यलय नै वडामा

तारकेश्वर गाउपालीका वडा नं ६ मा बिकाश शिविर वडा स्तरीय आयोजना सम्झौता कार्यक्रम सम्पन्न भएको छ ।
तारकेश्वर गाउपालीकाले सम्बृद्ध तारकेश्वरको लागी बिकाश शिविर वडा स्तरीय आयोजना सम्झौता कार्यक्रम सम्पन्न गरेको हो ।
वडा नं ६ सहित तारकेश्वर गाउपालीकाले ४ वटा वडामा वडा स्तरिय आयोजना सम्झौता गरेको छ । तारकेश्वर गाउपालीकाले वडामा नै पुगेर वडामा परेका आयोजना एकै दिन सम्झौता गरेको छ । पालीकाले वडा नं ४ मा ११ वटा , २ नम्बर वडामा १५ वटा, १ नंम्वर वडामा १२ वटा , ६ नम्बर वडामा १६ वटा योजना सम्झौता गरेको छ । उपधोक्ता समितीका अध्यक्ष तथा पदाधीकारीहरुले वडामा योजना सम्झौता गर्न पाउदा समय र यातायात खर्चको बचत भएको बताएका छन् । महिला पदाधीकारीले आफुहरुलाई पारिवारीक तथा शारिरीक रुपमा राहत मिलेको बताएका छन् ।

योजना सम्झौता कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पालीका अध्यक्ष रमेश बहादुर वस्तीले बिकाश निर्माणका काममा जनता जागरुप भएर लाग्नु पर्ने बताउनु भएको छ । उहाले गाउपालीका र जनप्रतिनिधीले मात्र गरेर बिकाश सम्भव नहुने भन्दै सबै जनतालाई एक जुट भएर लाग्न समेत आग्रह गर्नु भएको ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उपाध्यक्ष तारादेवी रिमालले जनताको करबाट उठेको रकम बिकाशका आयोजना लगानी गरेको हुदा काम कस्तो भैरहेको छ , कसरी भैरहेको छ भनेर अनुगमन जनता आफैले पनि गर्नु पर्ने बताउनु भयो ।


बिकाश शिविरमा तारकेश्वर गाउपालीका वडा नं ६ का वडा अध्यक्ष ज्ञानेन्द्र तामाङ, प्रमुख प्रशासकिय अधिकृत माधव घिमिरे, योजना अधिकृत उद्धब सापकोटा, आइटी अफिसर कृष्ण तामाङ , लेखा अधिकृत बिष्णु बजगाई, प्राबिधीक सागर अधिकारी, सिताराम अर्याल, उपभोक्ता समितीका पदाधीकारीहरु ,सारोकारवाला निकाय तथा स्थानीयहरुको उपस्थीती रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्