१२ श्रावण २०८१, शनिबार
Logo

आशुतोषको शब्द र हरी लम्सालको संगीतमा ‘ब्ल्याक ब्युटी’ [भिडियो ]

केहि समय यता अष्ट्रेलियामा रहेता नेपाली गीतसंगीतलाइ निरन्तरता दिईरहेका गायक सुभाष ढुंगानाको नयाँ गीत ‘ब्ल्याक ब्युटी’ लिएर दर्शक तथा श्रोता माँझ आएका छन् । गत शुक्रबार सार्वजनिक भएको म्युजिक भिडियोमा रोहन नेपाली र एलिसा शर्मा फिचर्ड छन् । गीतलाई रामगोपाल आशुतोषले लेखेका हुन् भने संगीत हरी लम्सालको छ ।
रोहन र एलिसालाई क्रेजी सर्कलले साथ दिएका छन् । गीतको छाँयाकन पोखराको सेरोफेरोमा गरिएको हो । गीतलाई रोहन नेपालीले नै निर्देशन गरेका हुन् । सुभाष ढुंगानाको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक भिडियोको छाँयाकन मिलन शंकरले गरेका हुन् भने सम्पादन नेत्र गुरुङको रहेको छ ।
‘देशबाट पर रहे पनि गीतसंगीतसंगै छु’ सुभाष भन्छन् ,’केहि समय यता गीतसंगीतको तयारीमा जुटेको थिए ।’ उनले दुइ वर्ष अगाडी मात्र नेपाल आएर एल्बम सार्वजनिक गरेका थिए । अष्ट्रेलियाको एडीलेटमा बसोबास गर्ने सुभाषले अन्य सहरहरु मेलबर्न , सिड्नी , ब्रिजबेन , तास्मनिया लगायतका सहरमा पनि सांगीतिक कार्यक्रममा सहभागिता जनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्