१२ श्रावण २०८१, शनिबार
Logo

क्षेत्रपाल आधार भुत बिद्यालयमा न्यानो कपडा बितरण

बिदुर नगरपालीका वडा नं ३ सिर्खालीमा रहेको क्षेत्रपाल आधार भुत बिद्यालयमा न्यानो कपडा ,स्टेशनरी सामान हस्तान्तरण गरेको छ।
बिद्यालयमा अध्यनरत करिब १ सय २० जना बिद्यार्थीहरुकोको लागी जाडो यामको अबस्थालाई मध्य नजर गर्दै कपडा बितरण गरेको आयोजकले जनाएको छ । लायन्स क्ल अफ काठमाडौ , लायन्स क्लब अफ कोशेली , शक्ति फाउन्डेशन , लियो क्लब अफ काठमाडौको संयुक्त सहयोगमा कपडा बितरण गरिएको हो ।


त्यस्तै कार्यक्रलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका मन्त्री हरी श्रेष्ठले आयोजकले निकै सराहनीय काम गरेको बताउनु भएको छ । जाडोको समयमा बिद्यार्थिहरुलाई न्योनो कपडा बितरण हुदा तथा यस्तै प्रोत्साहनका कार्यले बिद्यालयमा न्युन आर्थिक अबस्थाका बिद्यार्थीको आकर्ष बढ्ने हुदा यस्ता कार्यक्र जरुरी रहेको बताउनु भयो ।


कार्यक्रमका बिशेष अतिथी बिदुर नगरपालीका वडा नं ३ का अध्यक्ष बद्री रिमालले बिद्यालय र बिद्यार्थी लागी निकै रामा्रे काम भएको बताउनु भएको छ ।
कार्यक्रममा सहयोगी संस्थाहरुको प्रमुख तथा प्रतिनिधीहरु , बिद्यालयका शिक्षक शिक्षीका नेपाली कांग्रेका बिदुर ३ का सभापती गोबिन्द लाल चित्रकार , स्कुलका प्रध्यानाध्यपक केशब प्रसाद रिमाल लगाएतको उपस्थीती रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्