१२ श्रावण २०८१, शनिबार
Logo

९४ वर्षदेखि सुरक्षित राखिएको छ लेनिनको श व, ब्यवस्थापनमा लाग्छ २२ करोड

एजेन्सी । कम्पुनिष्ट आन्दोलनका योद्धा भ्लादिमिर इलिच लेनिनको श व रुसले अहिले पनि सुरक्षित राखेको छ । कम्युनिष्ट अधिनायकवादी शासन भएका देशमा आफ्नो नेताहरुो श व सुरक्षित राख्ने प्रचलन अनुसार रुसले लेनिनको श व करिब ९४ वर्षदेखि सुरक्षित राखिएको हो । लेनिन ल्याबमा उनको श व राखिएको हो ।

त्यस्तै उत्तर कोरियाली शासक किम जोङले पनि आफ्ना हजुरबुबा र बुबाको ला श अझै सुरक्षित राखेका छन् । जोन जसले अमेरिका जस्तो शक्तिशाली राष्ट्रका राष्ट्रपतिलाई पनि आच्छु आच्छु पारेका छन् । उनले वार्षिक रु २.२५ करोडभन्दा बढी खर्च गरेर आफ्ना बाबु र हजुरबुवाको श व राखेका हुन् । मृ त बुवा र हजुरवुवाको श वको सुरक्षा सयौं सैनिकले गरेका छन् । उनीहरुको श व कुमसुसन मेमोरियल प्यालेसमा राखिएको छ । किम जोंगका बुबा र हजुरबुबाको श वको संरक्षण गर्ने काम पनि लेनिन ल्याबका कर्मचारीले गर्ने गरेका छन् ।

लेनिन ल्याब एवं अमेरिकाको क्यालिफोर्नियाका सामाजिक अर्थशास्त्रका प्रोफेसर एलेक्सई यर्चकका अनुसार श वलाई प्रत्येक डेढ या दुई वर्षमा इम्बलमिंग गर्नुपर्छ र यसो गर्दा २ महिना या बढी लाग्न सक्ने हुन्छ ।

उता रुसी नेता लेलिनको श वलाई लेनिन ल्याबमै इम्बलमिंग गरिन्छ । तर किम जोंगका बुबा र हजुरबुबाको श वलाई भने कोरियाकै प्योङयांग, प्योगानमा बनेको ल्याबमा इम्बलमिंग गरिन्छ । यो प्यालेसमा जानेमान्छेले श वलई तीनपटकसम्म ढोग्नुपर्छ ।

Shivapuri rural municipality awareness message jalapanews

२०१६ मा किमले पहिलोपटक दुवै श व करिब २ करोड डलेर खर्चेर इम्बल्मिंग गरेका थिए । लेनिन ल्याबका वैज्ञानिकले सन् १९२४ मा तत्कालिन सोवियत संघका लिडर
लेनिनको श व सुरक्षित राख्न करिब २२ करोड नेपाली रुपैयाँभन्दा बढी खर्च हुने गरेको बताइएको छ । लेनिनको श व लगभग ९४ वर्षदेखि रसियाको लेनिन ल्याबमा सुरक्षित रुपमा राखिएको हो ।

१९२४ मा लेनिनको निधन हुँदा कसैले उनको श वलाई राख्ने सोचेका थिएनन् । तर एलेक्सी एर्बिकोसोभले श वलाई कसैले एम्बेल्म गर्न सक्ने कुरा निकालेको अमेरिकाको क्यालिफोर्नियाका सामाजिक अर्थशास्त्रका प्रोफेसर एलेक्सई यर्चकले भनेका छन् ।

उता भियतनाममा पनि कम्युनिष्ट नेताहरुको श व सुरक्षित राखिएको छ । भियतनामका पूर्व राष्ट्रपति ‘हो ची मिन्ह’को श व सोही विधिद्वारा सुरक्षित राखिएको छ । २ सेप्टेम्बर १९७३ मा लेनिनको माउसोलियमबाट उत्प्रेरित भएर हो ची मिन्हुको माउसोलियमको निमार्ण सुरु गरिएको थियो । सोही माउसोलियममा उनको श व राखिएको छ ।

त्यस्तै आधुनिक चीनका संस्थापक नेता माओलाई चीनमा मात्र होइन, संसारभरका कम्युनिस्टले श्रद्धा र आस्थाले हेर्छन् । सन् १८९३ डिसेम्बर २६ मा जन्मिएका माओको मृ त्यु सन् १९७६ सेप्टेम्बर ९ मा भएको हो ।माओको मृ त्यु भएको ४२ वर्ष भइसके पनि उनको श वलाई बेइजिङको केन्द्र भाग थियानआनमन क्षेत्रको दक्षिणपट्टि रहेको माओ स्मारक भवनमा संरक्षण गरेर राखिएको छ । माओ स्मारक भवन सोमबारबाहेक हरेक दिन बिहान ८ देखि १२ बजेसम्म खुल्छ । जुलाई र अगस्त महिनामा भने बिहान ७ बजेदेखि ११ बजेसम्म खुल्ने गर्छ । माओको जन्मदिन डिसेम्बर २६ र मृ त्यु भएको दिन सेप्टेम्बर ९ मा चाहिँ बिहानबाहेक दिउँसो २ देखि ४ बजेसम्म पनि भवन खुल्ने गर्छ ।

माओको मृ त्यु हुँदा चीनभरि जति लोकप्रिय थिए, त्यत्तिकै दरमा चीनभरिको प्रतिनिधित्व हुने गरी यो भवन बनाउनका लागि विभिन्न क्षेत्रबाट नमुना सामग्री प्रयोग गरिएको छ । माओको मृ त्यु भएको अढाइ महिनापछि १९७६ नोभेम्बर २४ मा निर्माण सुरु भएको यो भवन १९७७ मे २४ मा पूरा भएको थियो । यसको निर्माणमा चीनका विभिन्न प्रान्तका सात लाख नागरिकले सांकेतिक स्वयंसेवा गरेका थिए । स्मारक भवनमा चीनका विभिन्न प्रान्तका फरक–फरक वस्तु प्रयोग भएका छन् । सिचुवान प्रान्तको ग्रेनाइट, क्वाङतोङको पोर्सिलियन माटो, पल्लो सान्सीका सल्लाको काठ, सिन्चियाङको विशेष प्रकारको वनस्पतिको बीउ, थाङसानको माटो, नान्चिङको रङ, खुनलुन पहाडको सेतो पत्थर, च्याङ्सी प्रान्तको पाइन लग, ताइवानको पानी र बालुवा यसमा मिसाइएको छ । नेपाल र चीनको सीमामा रहेर चुचुरोचाहिँ नेपाली भूभागमा पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथाबाट ल्याइएको ढुंगा पनि यो भवनमा प्रयोग गरिएको छ । ५७.२ हजार वर्गमिटर क्षेत्रफलमा रहेको माओ स्मारक भवनको मुख्य प्रवेशद्वारको माथिपट्टि सुनौला अक्षरमा लेखिएको छ— अध्यक्ष माओ स्मारक हल ।

भवनको उत्तरतिर प्रवेशद्वार छ भने दक्षिणतिर निकासद्वार रहेको छ । भवनमा पस्नासाथ मार्बलबाट बनेको साढे तीन मिटर अग्लो माओको सालिक भेटिन्छ । मध्यभागको हलमा क्रिस्टलभित्र माओको श व छ । छातीसम्म चिनियाँ कम्युनिस्ट पार्टीको झन्डाले ढाकिएको श व कालो ग्रेनाइटको कफिनमा राखिएको छ । कफिनको चारैतिर चिनियाँ कम्युनिस्ट पार्टीको चिह्न, चीनको राष्ट्रिय चिह्न, चिनियाँ जनमुक्ति सेनाको चिह्न र माओको जन्म र निधनको मिति लेखिएको छ । स्मारक भवनको दोस्रो तलामा माओ चतुङसँगै चिनियाँ कम्युनिस्ट पार्टीका लोकप्रिय नेताहरू चाउ एन लाई, लिउ साओ ची, चु त, तङ स्याओ फिङ र छनयुनको नाममा स्मृति कोठा छन् ।

माओ स्मृति हलमा प्रवेश नि:शुल्क छ । हलभित्र पस्दा टोपी लगाउन पाइन्न । साथमा कुनै झोला, खाद्यसामग्री र क्यामेरा बोक्न निषेध छ । एकआपसमा बोल्न पनि पाइँदैन । चीन सरकारको आमन्त्रणमा आएका विदेशी उच्च पाहुनालाई भने विशेष सुविधा उपलब्ध हुन्छ । त्यस्ता पाहुनालाई भवनभित्र केही समय बस्ने र भवनको माथिल्लो तला अवलोकन गर्ने अवसर हुन्छ । ती पाहुनाले भवनभित्र माओको सालिकलाई पृष्ठभूमिमा पारेर फोटो खिच्न पाउँछन् तर माओको श वको फोटो खिच्नचाहिँ पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्