पौष ११ गते देखी त्रिशुली नदीको सरसफाइ सुरु गरिने , सहभागी बनौ है ।

शुक्रबार बिदुरमा त्रिशुली नदी सरसफाई अभियान अन्तक्र्रिया सम्पन्न भएको छ । जिल्ला समन्वयन समिती र बिदुर नगरपालीकाको समन्वयनमा तथा पुर्ण सरसफाई अभियान नुवाकोट र पुर्नजागरण समाजको संयुक्त आयोजना र जिल्ला खानेपानी सरसफाइ स्वस्छता समन्वयन समितीको नेततृत्वमाा कार्यक्रम सम्पन्न भएको हो ।
अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वयन प्रमुख सन्तमान तामानले प्रकृती प्राकृतीक श्रोत तथा साधनलाई फोहोर गरेर अप्राकृतीक बनाउने र कुरुप बनाउने काम सबै मानविय कृयाकलाप भएकले समयमै सचेत रहनु पर्ने बताउनु भयो । त्रिशुली नदी नुवाकोटमा मात्र बग्ने नभइ जुन जिल्लामा बग्छ त्यो जिल्लाले पनि नदी सफा राख्न बिशेष पहल गर्नु पर्ने उहाको भनाइ छ । त्रिशुली नदीको उद्गम स्थाल रसुवा भएकालले जिल्ला समन्वयन समिती रसुवा संग सहकार्य गर्ने बताउनु भएको छ । उहाले केरुङ क्षेत्रमा पसु बध गर्ने तथा कंकालहरु त्रिशुलीमा फाल्ने काम नरोकिए सम्म नुवाकोटमा मात्र सफा गरेर त्रिशुली सफा नहुने बताउनु भयो । उहाले पौष ११ गते त्रिशुली नदीको पहिलो चरणको सफाई गरिने बताउदै सबै सरोकार वालाहरुलाई सहभागीताको लागी अनुरोध समेत गर्नु भएको छ ।
त्यस्तै त्रिशुली नदीको बेत्राबती देखी त्रिशुली हुदै देबिघाट सम्मको भागलाई धार्मीक नदिको नामले नामाकरण गरेको बताउदै उत्तरगयाधाम देखी देबिघाट सम्मको नदीको क्षेत्रको सफाइमा बिदुर नगरपालीले जिम्मा लिने नगर प्रमुख सन्जु पंडितले बताउनु भएको छ । उहाले नदी सबै स्थानियको साझा सम्पती भएकाले सरसफाइ र नदीको सुन्दरतालाई
ध्यान दिनु पर्ने बताउनु भयो ।बिदुर नगरपालीकामा ४० वटा टोल बिकास समीतीको गठन गरिएको बताउदै सरफाई मा यिनै टोल बिकाश सस्था पनि लागी पर्ने बताउनु भयो । प्रमुख पंडितका अनुसार बिदुर नगरपालीकाको फोहार ब्याबकस्थापनको लागी बिदुर नगरपालीकाले बधशालाको निर्माण गरि सकेको र अब प्रयोगमा आउन मात्र बाकी रहेको छ । पुन प्रयोगमा आउने फोहोरको लागी स्टक्चर बन्दै गरेको र टोलटोमा डस्वीन बिरणगर्ने काम अगि बढाइएको प्रमुख पंडितले बताउनु भयो ।
कार्यक्रममा सहभागीहरुले ढल ब्याबस्थापन नगर्दा , फोहोर जन्य कुराहरु नदिमा फाल्दा नदीको भुभाग स्थानियले अतिक्रमण गर्दा नदी प्रदुसीत भएको बताएका छन् । नदीमा जथाभावी उत्खनन् गर्दा नदी कुरुप बन्दै गएको सरोकारवालाको भनाई छ ।
मन लाग्दी उत्खनन्ले नदी प्रदुसित र कुरुप भएकोमा अबका दिनमा स्थानिय निकायले यस्को जिम्मा लिनु पर्ने बताएका छन् । स्थानिय सरकाले निती नै बनाएर नदी स्वस्छ राख्न पहल गर्नेलाई पुरस्कार तथा फोहार गर्नेहरुलाई दण्ड सजाएको ब्यबस्था गरिनु पर्ने धारण राखेका छन् । कार्यक्रममा जिल्ला समन्वयन समितीका उपप्रमुख अप्सरा थापा , युएन ह्याबिटान्टका मैत्रि शर्मा डिकोन नेपालका चोकराज शाक्य , नागरिक समाज नुवाकोटका बाबुराम लामीछाने, समाज सेवी , बुद्धिजीवी, सारोकारवाला निकाय ,पत्रकार लगाएले आफ्नो धारणा राखेका थिए ।

सोही भेलाले नुवाकोटको ऐतिहासिक एवं धार्मिक नदी त्रिशुली नदी सफाइ अभियान सञ्चालनको लागि मूल समिति गठन गरेको छ । जसको जिल्ला समन्वयन प्रमुख सन्तमान तामाङ्ग संयोजक रहनु भएको छ , भने सह संयोज बिदुर नगरपालीकाका प्रमुख सन्जु पण्डीतरहनु भएको छ । उक्त मूल समितिमा ७५ जना सदस्य समेत रहेका छन् ,

जसमा सदस्य सचिवमा कृष्णप्रसाद पन्थी, समन्वय प्रमुख, जिसस, सदस्यहरुमा अप्सरा थापा, उपप्रमुख, जिसस, राजेन्द्ररमण खनाल, प्रमुख, बेलकोटगढी नगरपालिका, छत्र लामा, अध्यक्ष, किस्पाङ्ग गाउँपालिका, रमेशबहादुर वस्ती, अध्यक्ष, तारकेस्वर गाउँपालिका, गिता दाहाल, उपप्रमुख, बिदुर नगरपालिका, प्रतिनिधि, नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.), प्रतिनिधि, नेपाली कांग्रेस,, द्रोण पोखरेल, प्रजिअ, जिल्ला प्रशासन कार्यालय, प्रमुख, जिल्ला प्रहरी कार्यालय, प्रमुख, जवर जंग गण, प्रमुख, नं. १ तालिम गण , प्रमुख, सशस्त्र प्रहरी बल १९ गुल्म , प्रमुख, ट्राफिक प्रहरी कार्यालय ,लेनिन रन्जित, वडा अध्यक्ष, बिदुर १, बद्रीप्रसाद रिमाल, वडा अध्यक्ष, बिदुर ३,
टलकमान श्रेष्ठ, वडा अध्यक्ष, बिदुर ४, शिबकुमार चित्रकार, वडा अध्यक्ष, बिदुर ५,राजु सडौला, वडा अध्यक्ष, बिदुर ६,महेन्द्र तामाङ्ग, वडा अध्यक्ष, बिदुर ७, फैसिङ तामाङ्ग, वडा अध्यक्ष, बिदुर ८, सनी चित्रकार, वडा अध्यक्ष, बिदुर ९, गणेशकुमार नेपाल, वडा अध्यक्ष, १०, सिताराम अर्याल, वडा अध्यक्ष, बिदुर १२, अनन्तराम नेपाल, वडा अध्यक्ष, बेलकोटगढी ५, हेमनीधि नेपाल, वडा अध्यक्ष, बेलकोटगढी ७, भोजप्रसाद पुडासैनी, वडा अध्यक्ष, बेलकोटगढी ८, समरबहादुर आलेमगर, वडा अध्यक्ष, तारकेस्वर २, राममणी अधिकारी, वडा अध्यक्ष, तारकेस्वर ४, नरहरी भट्ट, वडा अध्यक्ष, किस्पाङ्ग ५, प्रमुख, सडक डिभिजन , प्रमुख, कोष तथा लेखा नियन्त्रक कार्यालय , प्रमुख, जलश्रोत तथा सिँचाई विकास डिभिजन, प्रमुख, मालपोत कार्यालय , प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय , प्रमुख, डिभिजन बन कार्यालय ,प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय, प्रमुख, सहरी विकास तथा भवन कार्यालय, प्रमुख, खानेपानी तथा सरसफाइ इकाइ कार्यालय, प्रमुख, घरेलु तथा साना उद्योग विकास समिति, प्रमुख, गल्छी त्रिशुली मैलुङ्ग सडक योजना, प्रमुख, जिल्ला खेलकुद विकास समिति,प्रमुख, त्रिशुली जलबिद्युत केन्द्र, प्रमुख, देविघाट जलबिद्युत केन्द्र, प्रमुख, दुरसञ्चार कार्यालय, प्रमुख, सामुदायिक प्रहरी, जिल्ला संयोजक युएनह्याबिट्याट, कार्यकारी निर्देशक, डिकोन नेपाल , प्रतिनिधि, पुनर्जागरण समाज नेपाल, अध्यक्ष, गैरसरकारी संस्था महासंघ, अध्यक्ष, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ, सभापति नेपाल रेडक्रस सासाइटी, जिल्ला शाखा नुवाकोट, अध्यक्ष टे«ड युनियन कंग्रेस, अध्यक्ष, गेर्खुटार युवा क्लव, अध्यक्ष, सुर्योदय सामाजिक क्लव, अध्यक्ष कार्डसन नेपाल, अध्यक्ष सामुदायिक विकास केन्द्र, अध्यक्ष, ककनी सामुदायिक विकास केन्द्र, अध्यक्षरुडेक नेपाल , अध्यक्ष एकिकृत तादी विकास समाज, अध्यक्ष, सहायता सामाजिक संस्था, अध्यक्ष कोप्डेप्स,अध्यक्ष समाज सचेतन केन्द्र, अध्यक्ष, नुवाकोट उद्योग बाणीज्य संघ, अध्यक्ष नेपाल निर्माण ब्यवसायी संघ, अध्यक्ष, चेम्वर अफ कर्मश, अध्यक्ष होटल ब्यवसायी संघ, अध्यक्ष पर्यटन ब्यवसायी संघ,बाबुराम लामिछानेअध्यक्ष, नागरिक समाज , इन्द्रबहादुर पण्डीत अध्यक्ष, उपभोक्ता मञ्च, नारायण खनाल अध्यक्ष, बिदुर खानेपानी उपभोक्ता समिति, कपिलदेव खनाल, अध्यक्ष, पत्रकार महासंघ नुवाकोट रहेका छन् ।
साथै सोही टिम तथा संस्थाहरुले त्रिशुली नदीको सफाइ अभियान पूर्व तयारीको लागि २०७६÷०९÷११ गतेबिदुर नगरपालीका वडा नं १० को बेत्रावतीमा बिहान ७ः०० बजे नदी अनुगमन तथा सरसफाइ गर्ने भएको छ ।
कार्यक्रमको लागी डिकोन नेपालका कार्यकारी निर्देशक चोकराज शाक्यलाई अभियानको नारा तथा लोगो डिजाईन गर्ने जिम्मेवारी प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्