१२ श्रावण २०८१, शनिबार
Logo

आफ्नो कार्यकालमा तारकेश्वर गाउपालीकालाई सबृद्ध बनाउन सक्दो प्रयास गर्नेछु – अध्यक्ष वस्ती

तारकेश्वर गाउपालिकाले वडाको योजना वडामानै सम्झौता गर्ने बिकाश शिबिर सम्पन्न गरेको छ ।
तारकेश्वर गाउपालीकाद्धारा गाउपालिकाबाट बिनियोजित रकमको आयोजना उपभोतmा समिती मार्फत गरिने कामको सम्झौता सम्बन्धित वडाबाटै गर्न सुरु गरेको छ । बुधबार वडा नम्बर ४ बुधसिंबाट सुरु गरिएको वडा स्तरीय आयोजना सम्झौता कार्यक्रम गाउपालिकाको सबै वडामा गरिने पालीकाका अध्यक्ष रमेश वस्तीले बताउनु भयो ।
नेपाल सरकारको सम्बृद्ध नेपाल सुखी नेपाली अभियानलाइ पुरा गर्ने अभिप्रायले जिल्लामा नै पहिलो पटक स्थानियलाई सहज र सबैको पहुचको लागी सबृद्ध तारकेश्वरको लागीबिकाश सिविर वडा स्तरिय आयोजना सम्झौता कार्यक्रम गरिएको अध्यक्ष वस्तिको भनाइ छ । आफ्नो कार्यकालमा तारकेश्वर गाउपालीकालाई सबृद्ध बनाउन सक्दो प्रयास गर्ने बताउनु भएको छ । उहाका अनुसार पालिका भित्रका प्राय सबै टोलमा सडक पुगेको छ , आप्mनो कार्यकाल भित्रमा सबै सडक स्तरोन्नती गर्दै सम्भब भए सम्म कालोपत्रे गरिने समेत उहाले बताउनु भयो ।


कार्यक्रममा पालिकाका प्रमुख प्रशाशकिय अधिकृत माधब प्रसाद घिमिरेले सेवाग्राहीलाई सहज किसिमबाट सेवा प्रवाह गर्न सकियोस भन्ने उद्देश्यले शिविरको आयोजना गरेको बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा लेखापाल बिष्णु बजगाइले वडाबाटै सेवा प्रबाह गर्दा समय र लागत बचत हुने बिश्वास ब्यक्त गर्नुभयो । आयोजना उपभोक्ता समितीका पदाधिकारीहरुले वडामै योजनाको सम्झौता गर्नपाउदा गाउमै सिह दरबार आएको अनुभुति भएको बताउनु हुदै खुसि ब्यक्तm गर्नु भयो । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष राममणी अधिकारी, गाउपालीकाका योजना अधिकृत उद्धव सापकोटा , समाजसेवी केशब प्रसाद घिमिर,े स्थानिय समाज सेवीहरु ,सरोकार वाला निकाय लगाएतको उपस्थीती रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्