१२ श्रावण २०८१, शनिबार
Logo

किसान महासंघद्धारा जिल्लाका १२ स्थानीय निकायका संयोजक र सह संयोजकको नेतृत्व चयन

अखिल नेपाल किसान महासंघ नुवाकोटको कार्यदलको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ ।कार्यदलले स्थानीय निकायको संयोजक र सह संयोजकको टुंगो लगाएको छ ।
बिहीबार बसेको भेलाले म्याघाङ गाउँपालिकाको संयोजकमा सन्दबिर तामाङ, सह संयोजक सोमबहादुर तामाङ, किस्पाङ गाउँपालिकाको संयोजक लालहिरा भट्ट र सह संयोजक बिनोद न्यौपाने चयन भएका छन् ।
यस्तैगरी विदुर नगरपालिका संयोजक बलराम अर्याल, सह संयोजक अर्जुन पसाद्र भट्ट , तारकेस्वर गाउँपालिकाको संयोजकमा कृष्णप्रसाद घिमिरे, सह संयोजकमा सविना खनाल, सुर्यगढी गाउँपालिकाको संयोजकमा पुष्कर देवकोटा ,सह संयोजकमा रामकृष्ण राई, लिखु गाउँपालिकाको संयोजकमा नरहरि भेटवाल, सह संयोजकमा रामशरण डंगोल रहेका छनन् ।
त्यस्तै बेलकोटगढी नगरपालिकाको संयोजकमा हरिप्रसाद वजगाई, सह संयोजक निल प्रसाद रिजाला तादी गाउँपालिकाको संयोजक ठाकुर प्र भण्डारी, सह संयोजक संगिता पाण्डे, दुप्चेश्वर गाउँपालिका संयोजक मुक्तिराम तामाङ, सह संयोजक बसन्त धिताल , ककनी गाउँपालिका सयोजक पुष्कर बोगटी, सह संयोजक सुकदेव ढुंगाना, पञ्चकन्या गाउँपालिका संयोजक रामप्रसाद मिश्र, सह संयोजक गोकर्ण भण्डारी ,र शिवपुरी गाउँपालिका संयोजक सुवास उप्रेती र सह संयोजक ओम बहादुर वुडाथोकीलाई महासंघको कार्यदलले जिम्मेवारी प्रदान गरेको छ ।
नुवाकोट जिल्लाको संयोजक यमकुमार खाती क्षेत्री, सह संयोजक श्यामराज कडेललाई केन्द्रले जिम्मेवारी तोकेको थियोे । केन्द्रीय सदस्यहरू केदार पुडासैनी र गोकर्णराज पाठकले सहजीकरण गर्नुभएको थियोे । घटक संघबाट प्रतिनिधित्व नहुदा सम्मका लागि २६ जनाको जिल्ला समन्वय समितिको रूपमा काम गर्ने संयोजक खातीले बताएका छन । आउदो १४ गते जिल्लाका १२ स्थानीय निकायहरूका संयोजक र सह संयोजकहरू लाई सफत ग्रहण गराईने कार्यक्रम रहेको महासंघकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्