बट्टारको हावाघरमा रचना वाचनमा रक्तदान

बट्टारको हावाघरमा सनिबार रक्तदान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
साहित्य संगम नुवाकोटको आयोजना र नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र नुवाकोटको प्राबिधिक सहयोगमा रक्तदान र रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।
नुवाकोटमा भएको रगत अभावको अबस्थालाई कमी गर्ने उद्देश्यले रक्तदान कार्यक्रम को आयोजना गरेको साहित्य संगम नुवाकोटका अध्यक्ष सुमित्रा सुमीले बताउनु भयो । अध्यक्ष सुमीले साहित्य र जिवनको अन्तर सम्बन्ध जोडिएको रक्तदान सगै रचना वाचन गरेको बताउनु भयो । कार्यक्रममा १५ जना साहित्यकारहरुले रचना समेत वाचन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्