१२ श्रावण २०८१, शनिबार
Logo

दुप्चेश्वर माहादेवको मन्दिरमा धान्यपुर्णमा लाग्ने मेला सम्पन्न, १लाख ६० हजारले दर्शन गरे , ६ करोड बराबरको कारोबार

नुवाकोट मात्र नभई मुलुककै लागि धार्मिक महत्व बोकेको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमाको अवसरमा लागेको मेला बिहिबार समापन भएको छ । दुप्चेश्वर माहादेवको मन्दिरमा देशका बिभिन्न स्थानबाट बर्ष भरीनै भक्तजन आउने गरे पनि धान्यपुर्णीमा मा लाग्ने मेला भने बिषेश रहेको छ ।
मेलामा पालीका अध्यक्ष योबिन्द्रसिहं तामाङका अनुसार तामाङ समुदायको झांकी भेष भुसा लगाएतका तामाङ संस्कृतीको प्रर्दसन , दैनिक उपभोग्य बस्तु , खाद्यन्न लता कपडा लगाएतका बस्तु को बिक्री बितरण भएको छ ।
दुप्चेश्वर महादेवको दर्शन गर्न नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाडौँ, गोरखा, मकवानपुर, चितवनलगायत प्रदेश नं ३ का जिल्लाहरुबाट तीर्थालुहरु दुप्चेश्वर महादेवको दर्शन गर्न आउएको दुप्चेश्वर गाउपालीका वडा नं ५ का वडा अध्यक्ष किशोर आचार्यले जानकारी दिनु भयो ।


आचार्यका अनुसार यस बर्ष १ लाख ६० हजार भन्दा बढीले मेला भरेका छन् । त्यस्तै स्थानीय तथा मेलामा खाद्यन्न लता कपडा,र अन्य बस्तु बाट करिब ६ करोड बराबरको कारोबार भएको छ । मेलामा ब्यापारीक प्रयोजनका लागी १३० बटा स्टल रेहको र ती स्टलबाट २ लाख भन्दा बढीको भाडा आम्दानी भएको समेत आयोजकले जनाएको छ । बाहिरी सामानले राम्रो बजार पायो तर स्थानिय उत्पादनले भने उचित बजार पाउन सकेन। गत बर्षको तुलनामा यो बर्ष दुप्चेश्वरमा बस बस्ने भक्तजनहरुको भने संख्याकम भएके छ र्। यातायातको सहज पहुचका कारण बास बस्नेहरुको संख्यामा कमी आएको अध्यक्ष आचार्यले जानकारी दिनु भयो ।

किम्ब दन्ती अनुसार स्थानीय बासु तामाङको गाई तादी नदी किनार छेउको भीरमा पुगी भगवानलाई दूध चढाई बसेको स्थानलाई ततीबेला देखी दुप्चेश्वर महादेव रुपमा रुपमा पूजा आरना तथा आस्था प्रकट गर्ने गरेको पाइन्छ ।


त्यस्तै समुन्द्र मन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटिएका महादेव शिव काठमाडाँैको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर गोसाईकुण्ड गएको किम्वदन्ती पनि जोडिन्छ । ‘भत्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवान्को रुपमा पुजिने,े पुत्रलाभ गराउने महादेवको रुपमा विश्वासको साथ भक्तजन मन्दिरको दर्शनको लागी आएको मन्दीरका पूजारीको भनाइ छ । मन्दिरमा दर्शन गराएमा बोली नफुटेका बालबालिकाको बोल्न सक्ने हुने, थारा (नब्याएका) गाईभैँसीको दाम्लो चढाएमा ब्याउनी हुने लगायतको विश्वासमा मन्दिरमा दर्शन गर्न भक्तजनहरु आएका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्