१२ श्रावण २०८१, शनिबार
Logo

हिंसामा परेकाहरुलाई जिल्ला (त्रिशुली) अस्पताल नुवाकोटको नि:शुल्क परामर्श र उपचार सेवा

जिल्ला त्रिशुली अस्पताल नुवाकोटले बिगत २ बर्ष देखी अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एक द्धार संकट ब्यबस्थापन केन्द्र संचालन गर्दै आइरहेको छ । लैंगिकताको आधारमा हुने शारिरिक ,मानसिक, यौन जन्य दुब्र्यबहार, सामाजिक कुरितीजन्य ब्यबहार, कुटपिट, धाक धम्कीबाट पिडीत रहेका ब्यक्तीहरुको लागी निशुल्क सेवा दिदै आएको अस्पताल प्रशासनले जनाएको छ ।
निशुल्क गोप्य र गुणस्तरीय लैगिक हिंसा सम्बन्धी परामर्श र उपचार सेवाको लागी एकद्धार संकट ब्यबस्थापन केन्द्रले निसंकोच त्रिशुली अस्पतालमा आउन पिडितहरुलाई आग्रह गरेको छ ।
हाल सम्म आएका पिडितहरुलाई औषधी उपचार , यातायात खर्च एम्बुलेन्स भाडा, तथा कपडाको समेत ब्याबस्था गरेको चौमासिक बैठकमा डा. जयराम पांडेले बताउनु भयो । पांडेका अनुसार श्रावण देखी यता १७ जना पिडितले लैंगिक हिंसा सम्बन्धी एक द्धार संकट ब्याबस्थापन केन्दबाट सेवा लिगीसकेका छन् । जसमा बिदुर नगरपालीकाको सबै भन्दा बढी सेवाग्राही रहेको उहाको भनाई छ । १७ वटा केस मध्ये ८ वेटा मानसिक दुब्र्यब्यबहार , ६ वटा यौन दुब्र्याबहार तथा ३ वटा बलात्कारको घटना रहेका छन । यस्तै समुदायमा नकारात्मक असर पुग्ने खालको कृयाकलापलाई नियन्त्रणमा लिनको लागी अस्पताल प्रशासनलाई प्रहरीमा खवर गर्न प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले आग्रह गर्नु भयो ,।
हिंसामा परेकाहरुलाई हाल अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एक द्धार संकट ब्यबस्थापन केन्द्रले निम्न काम गरिरहेको छ ।
१. पिडीत तथा पिडकलाई मनोसामाजिक परामर्श,
२.कानुनी परामर्श र उपचार
३. सुचना शिक्षा तथा सशतिmकरण
४.सुरक्षित आश्रय सहितको सेवा केन्द
५. पुनस्र्थापना

प्रतिक्रिया दिनुहोस्