नेकपा नुवाकोटको सबै तहको नेतृत्व टुंगियो, महिलालाई जिम्मेवारी खोई
नेकपा नुवाकोटको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा पार्टी एकतापछि रिक्त रहेको नेतृत्वको जिम्मेवारी बाँडफाँट भएको छ । पार्टी कार्यालयका पदाधिकारीको शुक्रबार काठमाडौँमा सम्पन्न बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको संयोजक र सचिव चयन गरेको हो , भने १२ वटै स्थानीय तहमा अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज चयन भएको छ ।
नेकपा नुवाकोटका नेता बद्रि मैनालीका अनुसार निर्वाचन क्षेत्र नं १ को संयोजकमा पदम उप्रेती र सचिवमा राजन गौतम,ि क्षेत्र नं २ को संयोजकमा राजकुमार रेग्मी ‘सन्देश’ र सचिवमा हरि अधिकारी ,रहनु भएको छ । प्रदेशसभा १ (क) को संयोजकमा बलराम आचार्य र सचिवमा राजन श्रेष्ठ, प्रदेशसभा १ (ख) को संयोजकमा सुवास तामाङ र सचिवमा जीतबहादुर घलेलाई जिम्मेवारी बाडफाड गरिएको छ ।
प्रदेशसभा २ (क) को संयोजकमा नवीन पुडासैनी र सचिवमा माधव पाण्डे, प्रदेशसभा २ (ख)को संयोजकमा गणेश श्रेष्ठ र सचिवमा सुवास तामाङ रहनु भएको छ । उक्त बैठकले स्थानीय तहअनुसार जिल्लाको १२ वटै पालिकाको इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ । जसमा शिवपुरी गाउपालीकाका इन्चार्ज उज्वल खड्का ,सह इन्चार्ज गणेश उप्रती, अध्यक्ष बिर बहादुर तामाङ, सचिव दिनेश अधिकारी , पंचकन्या गाउपालीकामा इन्चार्ज अर्जुन कार्की, सह इन्चार्ज मणिनाथ लामिछाने , अध्यक्ष कुमार केसी, सचिव रामेश्वर सुवेदी, ककनी गाउपालीकामा इन्चार्ज जित बहादुर बलामी, सह इन्चार्ज उत्तम घिमिरे, अध्यक्ष रामहरी श्रेष्ठ , सचिव योगेन्द्र तामाङ,सुर्यगढी गाउपालीकामा ईन्चार्ज इमान सिंह तामाङ, सह ईन्चार्ज ध कुमार लामा, अध्यक्ष राजेन्द्र रिजाल, सचिव पुरुसोत्तम अधिकारी , बिदुर नगरपालीकामा ईन्चार्ज रामचन्द्र पौडेल, सह इन्चार्ज सरण उत्सुक सापकोटा, अध्यक्ष राज कुमार श्रेष्ठ, सचिव सुजन मगराती , तारकेश्वर गाउपालीकामा ईन्चार्ज राजेन्द्र न्यौपाने ,सह इन्चार्ज चुडामणी गजुरेल, अध्यक्ष केशव घिमिरे, सचिव सोम बहादुर तामाङ, म्यागङ गाउपालीकामा इन्चार्ज मेघनाथ तामाङ, सह इन्चार्ज सुक बहादुर तामाङ, अध्यक्ष बुद्धि बहादुर तामाङ ,सचिव सेल्कर तामाङ, किस्पाङ गाउपालीकामा इन्चार्ज अर्जुन न्यौपाने ,सह इन्चार्ज श्रीमाया लामा,अध्यक्ष बिरबल तामाङ, सचिव नेत्र प्रसाद भट्ट, लिखु गाउपालीकामा इन्चार्ज घर्मराज अधिकारी सहइन्चार्ज प्रदिप कुमार पाठक , अध्यक्ष मेघ नारायाण श्रेष्ठ, सचिव बिबेक ढकाल, तादी गाउपालीकामा ईन्चाज प्रमोदलाल श्रेष्ठ , सहइन्चार्ज बिजय खनाल, अध्यक्ष सोबियत राज पाठक, सचिव रोशन श्रेष्ठ, दुप्चेश्वर गाउपालीकामा इन्चार्ज लाल बहहादुर तामाङ,सहईचार्ज सुरज शेर्पा, अध्यक्ष युवराज तामाङ, सचिव शंकर थापा, र बेल्कोट गढीनगरपालीकामा इन्चार्ज सुदर्शन नेपाल, सहईचार्ज शिव प्रसाद पौडेल, अध्यक्ष प्रेम बहादुर तामाङ, सचिव नमराज तिवारीलाई जिम्मेवारी दिईएको छ । यो जिम्मेवारी बाडफाडमा नपरेका पाटीका सदस्यहरुलाई अरुनै महत्वपुर्ण जिम्मेवारी दिईने सांसद बद्रि मैनालीले जानकारी दिनु भएको छ ।
नेतृत्व चयनको क्रममा दुई पार्टी साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये एकअर्को गरेर बराबर सङ्ख्यामा पद विभाजन गरिएको हो । तर जनआन्दोलनमा होमिएका सहयोद्धा महिलालाई भने जिम्मेवारी नदिएको पाइएको छ । ६० जना लाई नेकपाले जिम्मेवारी दिरहदा महिला भने एक जनालाई मात्र समेटेको छ । यसरी नेकपा नुवाकोटमा बाडफाड गरेको जिम्मेवार तहमा महिलाको पहुच छैन भन्दा फरक नपार्ला । या त जिम्मेवारी लिने महिला नभएको हो, या महिलालाई जिम्मेवारी नदिएको हो ।
प्रतिक्रिया दिनुहोस्