१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा सोमबारदेखि लैगिंक हिसा विरुद्धको १६ दिने अभियान शुरु

नुवाकोटमा सोमबारदेखि लैगिंक हिसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । “समानताको पुस्ता, बलात्कार बिरुद्धको ऐक्यबद्धता ”भन्ने राष्ट्रिय नारा सहित दिवसको अवसर पारेर सोमबार साँझ विदुरमा दिप प्रज्वलन गरिएको छ ।

बिदुर नगरपालीका महिला तथा वालवालीका शाखा ,महिला तथा वालबालिका संरक्षण जिल्ला संजाल, अन्तरपाटी महिला संजाल, टिपिऔ नेपाल , शक्ति समुह, सिडिसी नेपाल, बातावरण तथा प्रजनन् स्वास्थ्य केन्द्र, मानव अधिकारका लागी एकल महिला,केसिडिसी, युनोप्स ,रुडेक नेपाल, त्रिशुली प्लस, रुम टुरिट नेपाल,साहायता सामाजिक संस्था,उद्योग वाणिज्य संघ, संकल्प नेपाल, मानव रक्षक संजाल , छोरी लगाएतका एक दर्जन संस्थाको आयोजनामा भएको कार्यक्रममा, जिल्ला समन्वय समिति,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले समन्वय गरेका छन ।

कार्यक्रममा जिल्लामा रहेर महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका सघ संस्थाहरुको सहभागिता रहेको थियो ।

सोमबार साझ दिप प्रज्वलन गरि सुरु भएको अभियानमा मंगलबार बिहान ७ ः३० बजे बट्टार घण्टा घरबाट चेतनामुलक र्याली निकालिने अन्तरपाटी महिला संजालकी अभ्यक्ष बिन्दा ढुंगानाले बताउनु भयो । ।ढुंगानाका अनुसार सोह्र दिने अभियान अन्तर्गत मंसिर १२ गते दुप्चेश्वरको समुन्द्रटारमा र मंसिर १९ गते बेलकोटगढी नगरपालीकामा महिला हक अधिकारका बिषयमा अन्तकृया गरिने बताउनु भयो । त्यस्तै सोमबार बिदुर नगरपालीका वडा नं ३ खडग भंज्यानमा पनि अभियानको अबसरमा कार्यक्रम सम्पन्न भएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्