१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वर गाउपालिकामा आधारभुत तहको हाजिरी जवाफ र माबि तहको वक्तृत्वकला प्रतयोगिता सम्पन्न

तारकेश्वर गाउपालिका शिक्षा शाखाको आयोजनामा गाउपालिका स्तरिय अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर गाउपालिकाका अध्यक्ष रमेश बहादुर वस्तिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम आधारभुत तहको हाजिरी जवाफ र माबि तहको वक्तृत्वकला प्रतयोगिता सम्पन्न भएको हो । आधारभुत तहको हाजिरी जवाफ प्रतियोगितामा १३ वटा विद्यालयको सहभागिता रहेको थियो जसमा पञ्चमिलन आधारभुत विध्यालय प्रथम, पिपलडाडा माध्यमिक विध्यालय द्दितीय र दासि मावि तृतीय भएका थिए । त्यसैगरि वक्तृत्वकला प्रतियोगितामा ८ वटा माध्यमिक विद्याालयको सहभागिता रहेको थियो । लैगिक हिसा र निराकरणको उपाय नामक शिर्षकमा भएको प्रतियोगिताको प्रथम स्थान पिपलडाडा मावि तारकेश्वर ३ का आयुस ढुगाना, द्दितिय स्थान श्रीकृष्ण मावी तारकेश्वर २ का सुरज शाही, तृतिय स्थान पिमलटार मावी तारकेश्वर २ का रिता भटट र सान्त्वना शखादेवि मावि तारकेश्वर ५ का खुशि तामाङ भएका थिए । त्यसैगरि गत वर्षको एसइइ परिक्षामा सर्वोतकृष्ट नतिजा हासिल गर्ने तारकेश्वर गाउपालिका भित्रका विद्यालय र विध्यार्थीलाइ लाइ सम्मान गरिएको थियो, जसमा ३.४ जिपिए प्राप्त गर्ने छात्रा अस्मिता विक र ३.३ जिपिए पाप्त गर्ने सन्दीप सेन्चुरीलाइ जनही दश दश हजार प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्