२४ जेष्ठ २०८०, बुधबार
Logo
final gp koirala advert

२० हजार लिटर डिजेलसहित बेपत्ता भएकाे ट्यांकर फेला पर्याे, डिजल जति सबै गायब

सिरहाको लहानबाट ‘गायब’ पारिएको नेपाल आयल निगमको ट्याङ्कर धनुषाको रामदहैयामा फेला परेको छ ।

सिराहाका डिएसपी अपिल बोहरा अनुसार सो ट्ंयाकर राम मन्दिर छेउँमा हाइवेमा पार्किङ गरेर राखेको अवस्थामा फेला परेको हो । ट्याकंर फेला परेपनि ट्याकरमा भएको २० हजार डिजल र ट्याकर गायब पार्ने समूह भने फेला पार्न सकेको छैन ।

निगमको इन्धन डिपो अमलेखगञ्जबाट यही मङ्सिर १ गते अपराह्न २ बजे २० हजार डिजल लोड गरेर १ नं प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना४ख ४१६३ नम्बरको ट्याङ्कर सोही दिन राति सिरहाबाट बेपत्ता भएको थियो ।

सिरहाको लहानस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हुलाक कार्यालय अगाडि पार्किङ गरी विश्राम गरेको अवस्थामा मध्यरातमा अन्दाजी आठ जनाको समूहले चालक र सहचालकको आँखामा पट्टी लगाई बर्दिबास र लालबन्दीको बीचको जङ्गलमा छाडेका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

चार सदस्यीय छानबिन समिति गठन

ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनीयर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

निगमका ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा सम्झौता भई सञ्चालनमा आएको सो ट्याङ्कर अज्ञात समूहले नै चलाएर लगेको प्रारम्भिक अनुमान गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्