१२ श्रावण २०८१, शनिबार
Logo

सामुदायिक भवन उद्धघाटन तथा हस्तान्तरण, नवनिर्मीत भवन संघिय सांसद तामाङद्धारा उद्धघाटन

तादी गाउपालिका वडा नम्बर ४ सातविसेमा रहेको सातबिसे महिला कृषि सहकारी सस्थाको नवनिर्मीत कार्यालय भबनको संघिय सांसद हित बहादुर तामाङले उदघाटन गर्नुभएको छ । नारी जागरण समाज र वल्र्ड रिनिउको ३० लाख बराबरको आर्थिक सहयोगमा नवनिर्मीत भवनको शहकारिको चौथो शाधारण सभाको अबसरमा उद्घाटन गरिएको हो । कार्यक्रमलाइ सम्बोधन गर्नेक्रममा प्रमुख अतिथी हित बहादुर तामाङले महिलाहरुको मात्र सहभागितामा बनेको सहकारी उत्कृष्ट रहेको उदाहरण दिदै अब सहकारिले आत्मनिर्भरताका लागी आयआर्जन मुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने र त्यसकालागी आफु लागीपर्ने बताउनु भएको थियो । कार्यक्रममा बिषेस अतिथी तादिगाउपालिकाका अध्यक्ष नारायण प्रसाद पाण्डेले शहकारीलाइ व्यबसायिक योजना ल्याउन आग्रह गर्दै तत्काल शहकारि सञ्चालनका लागी ५० हजार सहयोग गरिने बताउनुभयो । त्यसैगरी वल्र्डरिनियुका कार्यकारी निर्देशक मुक्ती सुवेदिले शहकारिले उत्पादन गरेको सामाग्री बजारीकरण गर्न आफनो सस्था तयार रहेको बताउदै शहकारिका सदस्यहरुलाइ आयआर्जनमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा जिल्ला सदस्य प्रमोद लाल क्षेष्ठ ,वडा नम्बर २ का अध्यक्ष बच्चुराम तामाङ, नारी जागरण समाजका अध्यक्ष रमा तामाङ लगायतले सम्बोधन गर्नुभएको थियो । सहकारीलाई ५ लाख रुपैया बराबको जग्गा दान गर्ने जग्गादाता राजकुमार पण्डीतले मन्तब्य राख्नु भएके थियो । साधारणसभाले पुनः पार्बती पण्डीतको अध्यक्षतामा नया कार्य समिती चयन गरेको छ ।सो कार्य समितीको उपाध्यक्ष सिता श्रेष्ठ, सचिव गमला श्रेष्ठ, कोषाध्याक्ष शुसिला पाण्डे रहनु भएको छ । सदस्यहरुमा सिता पाठक, कल्पना थापा, सिता अर्याल, पुष्पा तिमल्सीना, पार्वती श्रेष्ठ सर्व सम्मत निर्वाचित भएका छन् । सहकारीले आफ्नो चौथो साधारण सभाको अबसरमा कार्यक्षेत्र बढाउने प्रस्ताब पास गरेको छ । सहकारीले अबका दिनमा सात वटा गाउपालीकालाई आफ्नो कार्य क्षेत्र बनाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्